मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हावा चले पनि पात झरेको छैन : भुवन

फिल्मीखबर, काठमाण्डौ, 2011/07/09

आफुले नचाहँदा नचाहँदै स्काण्डलमा मुछिने गरेको बताउदै आएका नायक भुवन केसीले पछिल्लो पटक आफ्नी पूर्व श्रीमती सुष्मिता बमजमले पछिल्लो चलचित्र 'साथी म तिम्रो' को प्रोमो र व्याकग्राउन्ड म्युजिकको काम गरेकी छन् भनेर हल्ला चलाई फेरी आफूलाई स्काण्डलमा मुछ्न खोजेको बताएका छन् । 

 

चलचित्रको सेटिङ र सुटिङमा सुष्मिताले आफुलाई सहयोग गरेको भए पनि अहिले उनले कुनै सहयोग नगरेको भुवनको भनाई छ । तर हावा नचलि पात कसरी हल्लियो होला र भन्ने प्रश्नमा उनले पात हल्ले पनि झर्न नपाएको बताएका छन् । आफ्नो चलचित्र हरेक दृष्टिबाट बिशेष रहेको बताउदै केसीले आफुलाई अनावश्यक बिवादमा तान्नका लागी चलाइएका यस्ता हल्लाले आफुलाई कुनै असर नगर्ने जनाएका छन् ।

 

सुष्मितासंग पूर्ण रूपमा सम्बन्ध बिच्छेद भैसकेको जनाउदै आएका भुवनले चलचित्रको सम्पूर्ण काम आफु एक्लैले गरेको बताएका छन् । चलचित्रको सम्पूर्ण प्राबिधिक काम सकिएको जानकारी दिँदै भुवनले प्रिन्ट लिन केहि दिनमा मुम्बई जाने समेत बताए । उनका अनुसार अहिले चलचित्रको पोष्टर डिजाइनको काम लगभग अन्तिम चरणमा पुगेकोले अब चाडै नै पोष्टर सार्वजनिक गरि चलचित्रको पब्लिसिटीलाई तिब्र पारिने छ ।

 

आफ्ना छोरा अनमोल केसीलाई यस चलचित्रबाट डेब्यु गराएका भुवनले छोरालाई चलचित्र क्षेत्रमा स्थापित गराउन 'साथी म तिम्रो' सफल हुने आशा ब्यक्त गरेका छन् ।  दशै र तिहारको बिचमा चलचित्रको प्रदर्शन हुने जानकारी दिँदै भुवनले त्यहि अनुसार चलचित्रको प्राबिधिक काममा तिब्रता दिइएको जनाएका छन् ।