मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नक्कल गर्दा हातखुट्टा भाँचियो

फिल्मीखबर, काठमाण्डौ, 2011/07/10

नेपालगञ्जको शृष्टि सिनेमा घरमा चलिरहेको नेपाली चलचित्र 'सपथ' मा नायकको स्टन्ट हेरेर नक्कल गर्दा १० बर्षे बालकको हात र खुट्टा भाँचिएको खबर प्राप्त भएको छ । चलचित्रका नायक अभय चन्दले करिब ११ तलाबाट हाम फालेको दृश्य हेरेर नेपालगञ्जका ति १० बर्षे बालकले नक्कल गर्ने क्रममा ४ तलाबाट हाम फाल्दा उनको हात खुट्टा दुबै भाँचिएको हो ।

 

शनिबार साँझको शो हेरेर घर फर्केपछि ति बालकले रियल स्टन्ट दिएको र यस्तो दुर्घटना भएको बताईएको छ । अहिले ति बालकको नेपालगञ्जको एक अस्पतालमा उपचार भईरहेको बताईएको छ । दुर्घटना भए लगत्तै बालकका अभिभावकले चलचित्रका निर्माता तथा निर्देशक प्रमोद भण्डारीसंग क्षतिपुर्ती माग गरेको बुझिएको छ । चलचित्रले गर्दा आफ्नो छोराको हात खुट्टा भाँचिएपछि ति बालकका आमाबाबुले निर्देशक भण्डारीलाई हिजो राती नै नेपालगञ्ज बोलाएका थिए तर भण्डारी भने अझै गएका छैनन् ।

 

चलचित्रले राम्रै व्यापार गरिरहेको दाबी गर्ने भण्डारीले यस्तो घटना आफ्नो जीवनमा पहिलो पटक घटेको भन्दै के गर्ने भन्ने बारे केहि सोच्न नसकेको बताए । उनले भने, 'यस्तो बेला के गर्नुपर्छ भन्ने बारे मलाई केहि ज्ञान छैन  । त्यसैले आज बिभिन्न संघसंस्थासँग छलफल गर्छु र ति संघसंस्थाहरूले जे गर्न भन्छन् त्यहि गर्छु ।' संघसंस्थाहरूले क्षतिपूर्ती तिर्न भनेमा आफू तिर्न तयार भएको भन्दै भण्डारी थप्छन्, 'बालकका अभिभावकले त अहिले नै नेपालगञ्ज बोलाएर क्षतिपूर्तीको माग गरेका छन् तर म अहिले नै जाने पक्षमा छैन ।' घटनाको बारेमा सत्य तथ्य बुझेर मात्र आफू नेपालगञ्ज जाने भण्डारी बताउँछन् ।