मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मीखबरलाई पित पत्रकारिताको आरोप

फिल्मीखबर, काठमाण्डौ, 2011/07/10

हात्ति बनि निस्कनलाई मुसो बनि छिर्छ मान्छे
मै ठुलो हुँ भन्छ अनि घमण्डले गिर्छ मान्छे
!

हो यस्तै भएको नायक आर्यन सिक्देलका लागी । खासगरी युवा पुस्ताका दर्शकहरुका बिचमा राम्रो छबी बनाएका यि चक्लेटी नायक अभिनयमा राम्रो मानिन्छन् । सत्य यहि हो कि उनमा राम्रो अभिनय क्षमता छ । तर कहिले काही सत्य तितो पनि हुन्छ त्यसैले अर्को सत्य पनि हामीले स्वीकार गर्नै पर्दछ । फूलको राजा मानिने गुलाबमा पनि काँडा हुन्छ भन्ने कुरा सायद सबैले बुझ्नु भएको पनि होला । हो त्यहि सुन्दर गुलावको फुल मानिएका आर्यन भित्र रहेका काँडाले अहिले चलचित्र क्षेत्रका धेरै ब्यक्तिलाई घोचीरहेको छ । अनि मै ठुलो हुँ भन्ने घमण्डले ग्रसित यि नायकको घमण्डका कारण यिनको छबिमा किराहरु लाग्न थालेका छन् ।



केही दिन अघि मात्र नायिकाको छनौट गर्दै चलचित्र ब्याल्क मेलमा निशा अधिकारीसंग चलचित्र नखेल्ने बताउदै आर्यनले नायिका फेर्न दबाब दिएका थिए । त्यो घटनासंग सम्बन्धित रहेर फिल्मीखबरले समाचार प्रकाशन गरेपछि आर्यनले अहिले फिल्मीखबरले पित पत्रकारिता गरेको भन्दै हिड्न थालेका छन् । फिल्मीखबरलाई प्राप्त तथ्य र फिल्मीखबरसंग रहेका प्रमाणहरुका आधारमा उक्त समाचार प्रकाशन गरेको थियो । हुन त मान्छे स्वभावैले आफ्नो राम्रो सुन्न चाहन्छ । आफुले जे गरे त्यो सहि नै हो भन्ने ठान्दछ । तर त्यसको मुल्याङन त अरुले पो गर्ने हो त । अनि आफु मै ठुलो हुँ भन्ने मानसिकताबाट गुज्रिएर अरूलाई पित पत्रकारिता गरे भन्नु कत्तीको उपयुक्त होला ?  सायद आर्यनले पित पत्रकरिताको अर्थ बुझेनन् होला ।
 

 

फिल्मीखबरले आर्यनले निशासँग चलचित्रमा काम नगर्ने बताएको कुरा फिल्मीखबरले समाचार बनाएर प्रकासित गरेपछि आर्यनले आफ्नो फेसबुकको वालमा उक्त समाचार निराधार गलत भएको र फिल्मीखबरले पित पत्रकारिता गरेको कुरा उल्लेख गरेका छन् । साथै उनले आफ्ना फ्यानहरूलाई यस्ता कुराबाट बिचलित नहुन पनि आग्रह गरेका छन् । तर फ्यानहरूलाई के थाहा कि आर्यनले उनीहरूकै आँखामा छारो हाल्दैछन् भनेर ।

 

चलचित्र 'व्ल्याक मेल' को युनिट माध्येका एक प्रमुख व्यक्तिले नै आर्यनका कारण निशालाई चलचित्रमा अनुबन्धित गर्न नसकेको बताएका थिए । उनले आफ्नो नाम नखुलाउने सर्तमा फिल्मीखबरलाई यस्तो प्रतिक्रिया दिएका थिए । यति मात्र हैन चलचित्रका निर्माता सरद अधिकारीले पनि निशालाई लिने पक्का पक्कि भईसकेको अवस्थामा पनि बाध्य भएर राख्न नसकेको प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, 'निशासंग काम गर्ने ठूलो इच्छा थियो तर युनिट भित्र केहि समस्या देखिएपछि लिन नसकेका हौं ।' यता चलचित्रका निर्देशक मधुसुदन भट्टराईले पनि निशालाई लिने कुरा भएको स्विकारेका छन् । उनले पनि भनेका छन्, 'निशा जि संग कुरा भएको हो तर लिने नलिने अझै टुंगो लागेको छैन । सायद अब नयाँ नायिका राख्छौं होला ।'

 

यता नायिका निशा अधिकारीले पनि सो चलचित्रमा काम गर्ने कुरा भएको तर अग्रिमेन्ट नभएको प्रतिक्रिया दिएकी छिन् । उनले आर्यनले आफूसंग नखेल्ने प्रतिक्रिया दिएको बारेमा फिल्मीखबरमा समाचार पढेपछि मात्र थाहा पाएको बताउँदै भनिन्, 'उहाँसंग मलाई काम गर्न कुनै समस्या छैन तर उहाँले यस्तो प्रतिक्रिया दिएको भन्ने बारे म अनभिज्ञ छु तर हामी बिच कुनै नराम्रो सम्बन्ध भने छैन ।' भनिन्छ नि फलेको हाँगो नझुकेको कहाँ हुन्छ र  ? त्यसैले होला छोटो समयमा नै राम्रो क्रेज बनाएकी नायिका निशा अधिकारीले आर्यन राम्रो कलाकार भएको प्रतिक्रिया दिइन् । आर्यनसंग खासै भेट नहुने गरेको बताउदै उनले भेट हुदा राम्रोसंग नै बोलचाल हुने गरेको बताएकी छन् ।
 


सुरुका पंक्तिमा उल्लेख गरिए बमोजिम आर्यनको आफ्नै घमण्डका कारण केही ब्यक्तिहरुसंग त यिनको सम्बन्ध चिसिइसकेको छ । आज भन्दा केही वर्ष अगाडी नायिका रेखा थापाले निर्माण गरेको चलचित्र 'किस्मत' बाट यि आर्यनले चलचित्रमा डेब्यु गरेका हुन् । जसले जे भनुन् सत्य स्विकार गर्नै पर्छ । यिनलाई चलचित्रमा ल्याउने ब्यक्ति नायिका रेखा थापा नै हुन् । सुरुमा नायिका रेखाले आर्यनको गर्नु प्रसंसा गरिन्, उक्ति नै मात्रमा प्रमोशन पनि । जसै नायक आर्यन स्थापित भए त्यसैगरी उनको र रेखाको सम्बन्ध पनि बिग्रदै गयो ।  रेखासंग उनको सम्बन्ध चिसीदै गएका बेला रेखाले पनि उनिसंग फिल्म नखेल्ने बताएकी छन् । उनले भनेकी छिन्, 'किस्मतमा आर्यनलाई लिएर ठूलो गल्ती गरें अबदेखि म उसंग कहिल्यै काम गर्दिन ।'


अब एक्कै छिन दर्शकलाई नै भगवान सम्झने कालाकारलाई दर्शकले दिएको प्रतिक्रिया कै कुरा गरौ । अभिनय राम्रो गर्ने चक्लेटी नायक आर्यनका फ्यानहरुले आर्यनको पक्षमा लेख्दै आर्यनलाई सहानुभुति प्रकट गरेका छन् । उनिहरुले फिल्मीखबर आर्यनको शत्रु भएको सम्म लेख्न भ्याएका छन् । यता फिल्मीखबरको समाचार पढेर पाठकहरूले आर्यन घमण्डी नायक भएको प्रतिक्रिया दिएका छन् । आर्यन घमण्डी हुन् या होईनन् त्यसको बिषयमा फेरि कुनै बेला चर्चा हुनेनै छ तर अहिले उनले जे भने त्यो भने सत्य नै हो ।  आर्यनले सबैलाई ढांट्न सक्लान् तर आफूलाई कहिल्लै ढांट्न सक्दैनन् ।
 

अन्तमा पाठकहरूलाई हामी यो प्रस्ट पार्न चाहन्छौं कि फिल्मीखबरले पित पत्रकारिता कहिल्यै गर्ने छैन । जे सत्य हो त्यो कुरा प्रकाशित गर्न पनि डराउने छैन । सत्यतथ्य समाचार प्रकाशित गर्दा आउने डर धम्कि र गालीबाट फिल्मीखबर कत्ति पनि विचलित हुने छैन । गल्ति गर्नेहरूका लागि नो एस्क्यूज !
 

यस अघि प्रकाशित गरिएको समाचारको लिङ्क

आर्यन निशासँग नखेल्ने