पर्यटन व्यवसायी कर्ण शाक्य चलचित्र 'पल' को दमौलीमा गरिएको विशेष प्रदर्शनीबाट १ लाख ५२ हजारको टिकट विक्री भएको छ । व्यास नगर जेसीजले दमौलीमा प्रदर्शनी गरेको 'पल' चलचित्रमा २ सय, ३ सय, ५ सय र १ हजारको टिकट दर रहेकोमा उक्त रकमको टिकट विक्री भएको व्यास नगर जेसीजका उपाध्यक्ष विष्णुकान्त घिमिरेले बताए ।
चलचित्र प्रदर्शनीबाट संकलित रकमको ६० प्रतिशत जेशिजका सदस्यहरुको नेतृत्व विकास सम्बन्धि काममा लगाईने र ४० प्रतिशत चलचित्रको निर्माण पक्षलाई बुझाउने व्यास नगर जेसिजका अध्यक्ष प्रकाशचन्द्र सुवेदीले बताए । चलचित्र हेर्न तनहुँका प्रमुख राजनीतिक दलका नेताहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार, उद्योगी व्यापारी, सामाजिक संघ संस्थाका प्रमुखहरु र र्सवसाधरणको उल्लेख्य उपस्थिती रहेको थियो ।
चलचित्र अवलोकन पछि प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले चलचित्रले सकारात्मक सन्देश प्रवाह गर्ने बताए । सामाजिक सन्देशमुलक चलचित्र पललाई यस अघि राष्ट्रपती डा.रामवरण यादव सहित ३७६ जना सभासद्हरुले अवलोकन गरि उत्कृष्ट चलचित्र बनेको बताएका थिए । चलचित्रलाई नेपाल सरकारले विशेष सिनेमा अवार्डले समेत सम्मान गरिसकेको छ ।