नेपाली चलचित्रको अवस्था बुझ्न तिन दिन अघि पश्चिम नेपालको भ्रमणमा निस्केका चलचित्र बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारीले महत्वपूर्ण सफलता हात पार्दै सुटिङ स्टुडियो निर्माणका लागि दुई सय पाँच रोपनी जग्गा समेत भेटाएका छन् ।
बाँकेको कोहलपुर स्थित सामुदायिक बनको उक्त जग्गा स्टुडियो निर्माणका लागी चलचित्र बिकाश बोर्डलाई दिन स्थानिय वासिन्दाहरु राजी भएका छन् । आइतबार दिउँसो काग्रेस, माओबादी र एमालेका स्थानिय स्तरका प्रमुख नेताहरु सहित बसेको र्सवपक्षिय बैठकमा बोर्डलाई जग्गा हस्तान्तरण गर्न राजनीतिक दलहरु पनि सहमत देखिएका छन् । साथै उनीहरुले मंगलबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) र स्थानिय बिकाश अधिकारी (एलडिओ) सहित अर्को बैठक बसी टुङ्गो लगाउने निर्णय गरेको अध्यक्ष गणेश भण्डारीले जनाएका छन् । जग्गा हस्तान्तरण सम्बन्धमा पहल गर्न प्रमुख तीन दलका प्रतिनिधीहरु सहित सिडिओ र एलडिओ सम्मिलित पहल समिती समेत मंगलबार घोषणा गरिने अध्यक्ष भण्डारीले जनाएका छन् ।
भण्डारीले आज बोर्डलाई प्राप्त हुने भनीएको जग्गा निरीक्षण समेत गरेका छन् । उनले सामुदायिक बनको जग्गा बोर्डले औपचारिक रुपमा प्राप्त गर्नासाथ सुटिङ स्टुडियो निर्माणको कामलाई अगाडी बढाइने अध्यक्ष भण्डारीले जनाएका छन् । 'पहिला जग्गा औपचारीक रुपमा नै हात लागोस् हामी कामलाई तत्काल अगाढी बढाउछौ', अध्यक्ष भण्डारीले भने । साथै उनले काठमाडौ आए लगत्तै स्टुडयो निर्माणको मास्टर प्लान र्सार्वजनीक गर्ने बताएका छन् । आफ्नो अघिल्लो कार्यकालमा नै स्टुडियो निर्माणको अवधारणा अगाडी सारेका अध्यक्ष भण्डारीले दोस्रो कार्यकालमा ति योजनालाई मूर्त रुप दिन लागेका हुन् । देशभर तीन स्थानमा सुबिधा सम्पन्न सुटिङ स्टुडियो निर्माण गर्ने बताएका उनले पहिलो कदम भने सुदुरपश्चिमबाट उठाएका छन् ।
आफुले अगाडी सारेका कार्ययोजनाका साथै स्थानिय स्तरमा नेपाली चलचित्रको प्रभाव बुझ्न उनले सुदुरपश्चिम बसाईमा त्यहाँका प्रमुख तीन स्थानमा अर्न्तक्रिया कार्यक्रम समेत गरे । नेपाली समाजमा नेपाली चलचित्रको भुमिका र रुपान्तरण शिर्षकमा दाङबाट सुरु गरीएको अर्न्तक्रिया कार्यक्रम नेपालगञ्ज हुँदै आईतवार कोहलपुरमा सम्पन्न गरीएको छ । हरेका स्थानमा प्रमुख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी, प्रमुख राजनितिक दलका नेताहरु, बुद्धिजिवी, साहित्यकार पत्रकार लगायत स्थानिय स्तरमा कला क्षेत्रका अग्रजहरु सहित झण्डै ६० भन्दा बढीको उपस्थिती रहेको अध्यक्ष भण्डारीले जनाएका छन् ।
भण्डारीले बिभिन्न स्थानमा गरीएको अर्न्तक्रियाबाट प्रमुख तिन बुँदालाई निचोडका रुपमा लिदै तत्काल कार्यान्वयन प्रक्रियामा जाने बताएका छन् । उनले बिभिन्न स्थानबाट नेपाली चलचित्रको बिषयबस्तु परिवर्तन गर्नु सुझाव आएको बताएका छन् । साथै नेपाली चलचित्रले मौलिक बिषय बस्तुलाई स्थान दिनु पर्ने कुरा प्रमुख रुपमा उठाइएको थियो । त्यस्तै दोस्रो बुँदामा नेपाली चलचित्रको बजार बिस्तार गर्नका साथै बिदेशि चलचित्रको नाङ्गो हस्तक्षेप रोक्नु पर्ने निष्कर्ष निस्केको छ । अन्तिम बुँदामा नेपाली चलचित्र बौद्विक जमातबाट टाढा रहेको निष्कर्ष निकालिएको छ भने चलचित्रमा बौद्धिक ब्यक्तिहरुलाई प्रबेश गर्राई नेपाली चलचित्रमा बौद्धिकताको प्रभाव बढाउन सुझाब समेत दिईएको छ ।