मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बम्बैया मसला ट्रेनबाट अलग मसान

बिष्णु सुवेदी, काठमाण्डौ, 2011/07/11

कलाकार तथा निर्देशक निर शाहले अभिनय छोडेर भए पनि मौलिक र फरक चलचित्रको निर्देशन गर्ने बताएका छन् । पछिल्लो समय कुनै पनि चलचित्रले राम्रो ब्यापार गर्न नसको बताउदै उनले बम्बैया मसला ट्रेनका चलचित्रमा दर्शकहरु आर्कषित नभएको जनाएका छन् । चलचित्रले निरन्तर असफल ब्यापार गरिरहेको प्रति संकेत गर्दै उनले निर्माताले पैसा डुवाउनै छ भने उद्योगलाई अगाडी बढाउन सक्ने र आँउदो पुस्ताले केही सिक्न सक्ने चलचित्रमा लगानी गर्नु पर्ने बताएका छन् ।  

 

डेड सय चलचित्रमा अभिनय गरेका शाहले आधा दर्जन चलचित्रको निर्देशन गरे पनि अहिले बल्ल आफुले चलचित्र सिकेको बताएका छन् । पछिल्लो समय चलचित्र मसानको निर्देशन गरीरहेका शाहले  यो चलचित्र बम्बैया मसलाबाट बिल्कुल टाढा रहेको जनाउदै हिरो हिरोइन डाँडामा गएर नाच्ने दृष्य पनि नरहेको बताएका छन् । ५८ बर्षे शाहले आफुलाई पहिलो चलचित्र मशान जस्तै लागेको बताउदै आज सम्म सिकेको ज्ञानलाई आर्ट फिल्ममा भरपुर उपयोग गर्ने जनाएका छन् । 

 

साहित्यकार गोपाल प्रसाद रिमालको नाटक मसानमा आधारित रहेर चलचित्र मशानको निर्देशन गरिरहेका शाहले यो चलचित्र पुरै आर्ट चलचित्र भएको बताएका छन् । यस अघि पनि साहित्यीक कृति बसन्ती माथि चलचित्र निर्देशन गरेका शाहले त्यो चलचित्रमा केही बम्बैया मसला भएको स्विकार गर्दै मसान त्यस्तो मसलाबाट बिल्कुल टाढा भएको जनाएका छन् ।  चलचित्र मसानको तार्गेट मार्केट युरोप र अमेरीका भएको बताउने शाहले आज सम्म अन्तराष्ट्रिय मञ्च सम्म पुर्याउने चलचित्र बनाउन नसकेको कारण नेपाली चलचित्रको चिनारी फैलिन नसकेको जनाएका छन् । उनले त्यसका लागी मशान जस्तै आर्ट चलचित्र बन्नु पर्ने जनाउदै यस्ता चलचित्र बनाउन आफुले ढिला गरेको बताएका छन् । 

 

अमेरीका स्थित रिमाल इन्टरप्राइजेज र निर सिनेमाको लगानीमा तयार भएको चलचित्र मसानको अधिकांश छाँयाकन सकिएका शाहले जनाएका छन् । उनले अब जनकपुर र जयनगरको रेलवे स्टेशनको दृष्य खिच्न बाँकी रहेकोले बुधबार त्यस दृष्य छायाँकनका लागी जाने बताएका छन् । चलचित्रको पोष्ट पोडक्सनको काम सुरु भै सकेको जानकारी दिदै शाहले तिन महिना भित्र चलचित्र रिलिज गर्ने जानकारी दिएका छन् ।