मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाले गाईन् गीत

फिल्मीखबर, काठमाण्डौ, 2011/07/11

नायिका रेखा थापाले गीत पनि गाउँछिन् भन्ने कुरा सायद धेरैलाई थाहा भईसकेको हुनसक्छ । किनकी उनले गीत गाउन थालेको १० बर्ष भन्दा बढि भईसक्यो । करिब १० बर्षमा उनले थोरै मात्र गीत गाएकी छिन् तर ति गीत चर्चित भने भएका छन् ।

 

आज भन्दा १० बर्ष अघि निर्माण गरिएको चलचित्र 'अजम्बरी नाता' मा बच्चाको स्वरमा गीत रेकर्ड गराएकी रेखाले त्यसपछि करिब आधा दर्जन चलचित्रका गीतमा स्वर दिईसकेकी छिन् भने बुद्व सम्बन्धी भजनको साथमा दुई महिना अघि गायक प्रेमराजा महतसँग लोक दोहोरी गीत पनि गाएकी थिईन् । रेखाले आफ्नै होम प्रोडक्सनको चलचित्र 'हिफाजत' र अर्को चलचित्र 'देवर बाबु' मा र्‍याप गीत गाएकी छिन् ।

 

बिशेष गरी आईटम गीतका लागी आफ्नो स्वर उपयुक्त रहेको बताउने रेखाले दुई आईटम गीत समेत गाएकी छिन् । मुड चलेको बेला गाउने गरेको बताउने रेखाले सोमबार पनि मुडमै गीत गाईन् । नृत्यनिर्देशक तथा कलाकार शंकर बिसीको एल्बम 'तिम्रो कसम' का लागी रेखाले शंकर बिसीसँग गीत रेकर्ड गराएकी हुन् । कमलादी स्थित मालाश्री रेकर्डिङ स्टुडियोमा आफूले गाएको गीत सुनेर आँफै दंगिएकी रेखाले गीत गाउन अभिनय गर्न भन्दा गार्हो काम रहेको बताईन् । उनले भनिन्, 'अभिनय गर्न जति गार्‍हो छ त्यो भन्दा बढि गार्‍हो गीत गाउन छ ।'

 

गायन सम्बन्धि औपचारिक शिक्षा नलिई अनुभवको आधारमा गाउन थालेकी रेखाले बिभिन्न स्टेज कार्यक्रमहरूमा पनि बेला बेला गीत गाउने गरेकी छिन् । तर उनले गायनलाई भने आफ्नो पेशा बनाईनन् । उनका लागी गायक पेशा नभएर सोखको पेशा बनेको छ ।