जेष्ठ २ गते छायाँकन शुरू गरेर असार ३१ गते रिलिज हुन लागेको चलचित्र 'सम्झिदिए पुग्छ' सम्भवत: सबैभन्दा छोटो समयमा निर्माण गरेर प्रदर्शन गर्न लागिएको चलचित्र हो । एक महिना २८ दिनमा काम सकेर प्रदर्शन गर्न लागिएको सो चलचित्र आगामी शुक्रबारबाट देशभर एकसाथ प्रदर्शन हुँदैछ ।
माइती, मालती, सुखदु:ख, दुर्गा, सलाम छ मायालाई जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता सुरज प्रधानले निर्माण गरेको चलचित्र 'सम्झिदिए पुग्छ' लाई जनक खकुरेलले निर्देशन गरेका हुन् । निर्देशक खुकुरेलको डेब्यू चलचित्र 'सम्झिदिए पुग्छ' मा राजबल्लभ कोईराला, युना उप्रेती, दिनेश थापा, करन क्रेजीको मुख्य भुमिका रहेको छ ।
एसपि मुभी मेकर्स प्रालिको प्रस्तुतीमा निर्माण गरिएको सो चलचित्रमा मनोहर सुनामको संगीत, गोबिन्द राईको करियोग्राफी, सुरज प्रधानको कथा, शेखर ज्ञवालीको पटकथा तथा संवाद, दिव्य सुवेदीको छायाँकन र तारा किम्भेको सम्पादन रहेको छ । प्रेमकथामा आधारित रहेर निर्माण गरिएको सो चलचित्रको बिहिबार साँझ ५ बजे बालाजु स्थित अष्ट नारायण हलमा प्रिमियर गरिंदै छ ।