तपाई सेलिब्रेटी हुनुहुन्छ र कुनै पनि बिज्ञापन खेल्दै हुनुहुन्छ भने होसियार ! एक पटक बिज्ञापनका बारेमा राम्रोसंग बुझेर मात्र खेल्नुहोस् नत्र तपाईलाई पनि ठगी आरोप लाग्न सक्छ ।
प्रसंग नायक निखिल उप्रेती र नायिका उषा पौडेको हो । केही टेलिभिजनमा प्रसारण भै रहेको धनलक्ष्मी यन्त्रको बिज्ञापनमा यि नायक नायिकाले अभिनय गरेका छन् । धनको बर्षा हुने लोभ देखाएर ठग्न खोजेको आरोपमा प्रहरीले यसका सञ्चालकलाई त प्रहरीले पक्राउ गरेको मात्र छैन कि ठगहरुलाई सघाएको आरोप सहित निखिल र उषा बिरुद्ध उजुरी पनि परेको छ । उपभोक्ता अधिकारवादी संस्थाले प्रहरी अनुसन्धान महाशाखामा उनीहरु विरुद्ध भ्रामक प्रचारमा संलग्न भई ठगहरुलाई सघाएको आरोप लगाउँदै उजुरी दिएको हो ।
निखिल र उषाका बिरुद्ध उजुरी परेपछि अब प्रशासनले के कारबाही अगाडी बढाउँछ त भन्ने सम्बन्धमा काठमाडौका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद ढकालले यो विषयमा प्रहरीले अनुसन्धान गर्ने बताएका छन् । प्रहरीले ठगी बारे परेको उजुरीमाथि अनुसन्धान गर्दै उनिहरुको संलग्नता बारे अनुसन्धान गर्ने र दोषि ठहरिएमाका कानुन अनुसार कारबाही हुने बताएका छन् । यस बारे थप जानकारी प्रहरीलाई नै सोध्नु पर्ने बताउदै उनले काठमाडौ प्रहरी प्रमुख केदार प्रसाद रिजाललाई सोध्न आग्रह गरे ।
सिडिओको आग्रह बमोजिम हामीले काठमाडौ प्रहरी प्रमुख रिजाललाई सोध्दा उनले यस्ता उजुरी आफु कहाँ नआउने भन्दै प्रहरी अनुसन्धान महाशाखाका एसएसपी हेमन्त मल्ललाई सोध्न आग्रह गरे । प्रहरीको तर्कने शैली गजबै रैछ । एसएसपी मल्लले पनि यस बारे थप जानकारी दिन सकेनन् र उनले यो मुद्धाको अनुसन्धान गरीरहेका डिएसपी राजकुमार लम्साललाई सोध्न आग्रह गरे । उ र त्यो भन्दा भन्दै डिएसपी सम्म पुगेपछि डिएसपी लम्सालले उनिहरु बिरुद्ध उजुरी परेको बताउदै यसबारे अनुसन्धान हुने बताए । उनले उपभोक्ता मञ्चका सचिब जगन्ननाथ मिश्रले उनिहरु पनि धनलक्ष्मी यन्त्रको बिज्ञापन खेली ठगी प्रकरणमा सहभागी भएकोले प्रचलित ऐन अनुसार कारबाहीको माग गर्दै उजुरी दिएको जनाए ।
सचिब मिश्रले आज नै त्यो उजुरीलाई अनुसन्धान महाशाखाले महानगरीय प्रहरी परिषरमा पठाउने जनाएका थिए । अब उक्त घटनाबारे महानगरीय प्रहरीले अनुसन्धान गर्ने छ भने दोषि ठहरीएका ठगी मुद्धामा कानुन अनुसार कारबाही हुने लम्सालले बताएका छन् ।