मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्रका भानुभक्तले सम्झन्छन् आदिकबि भानुभक्त

बिष्णु सुवेदी, काठमाण्डौ, 2011/07/13

पहिलो नेपाली चलचित्रबाट नै चलचित्रमा साहित्यिक ब्यक्तिको प्रबेश भएको थियो भने चलचित्र कुमारी पहिलो रंगीन चलचित्र मात्रै नभै साहित्यिक कृति माथि बनेको पहिलो चलचित्र पनि हो । यसरी हेर्दा साहित्य र साहित्यिक ब्यक्तिसंग चलचित्रको नाता पुरानो छ । त्यसो त साहित्यिक कृति माथि मात्रै हैन साहित्यिक ब्यक्तितवहरु माथि आधारीत रहेर पनि चलचित्रहरु बनेका छन् ।


प्रंसग आदिकबि भानुभक्तको जन्म जयन्तीको हो । आज देशभर बिभिन्न कार्यक्रमको आयोजना उनको जन्म जयन्ती मनाइदै छ  र उनको नामबाट नै चलचित्र 'भानुभक्त' पनि बनी सकेको छ । यादव खरेलले निर्देशन गरेको सो चलचित्रमा नायक दिलिप रायमाझीले भानुभक्तको भुमिका निर्वाह गरेका थिए । दिलिपले यो चलचित्रबाट नै चलचित्र अभिनय यात्राको प्रारम्भ गरेका हुन् । यिनै चलचित्रका भानुभक्तले आज पनि साहित्यकार भानुभक्तलाई स्मरण गरीरहेका छन् । हुन पनि हो भानुभक्त नभएका भए साहित्यको भण्डार यसरी भरिन्नथ्यो होला तर नायक दिलिपले पनि आफ्नो पहिलो चलचित्र भानुभक्त भन्न सक्ने थिएनन् ।

 

निर्देशक खरेलका अनुसार आज भन्दा १२ वर्ष अगाडी तयार पारीएको यो चलचित्र बनाउन २ वर्ष सम्म उनलाई भानुभक्तको बारेमा अध्ययन गर्नु परेको थियो । साहित्यमाथि चलचित्र बनाउनु गाह्रो कुरा भएको भन्दै खरेलले भानुभक्तको बारेमा कमिटि नै बनाएर अध्ययन गरेको बताएका छन् । उनले नेपाली भाषाका बिज्ञहरु सम्मीलित टोलि बनाएर भानुभक्तको बारेमा अध्ययन गरे पछि मात्र चलचित्र बनाएका बताए । भानुभक्तको १८६ औ जन्मजयन्तीका अवसरमा तयार पारीएको यो चलचित्र बनाउदा तत्कालिन समाज संस्कृति र भानुभक्तले प्रयोग गर्ने भाषाशैलीमा काम गर्न अप्ठारो भएको उनको भनाई छ ।

 

धेरैले पैसा नलिइकन त कति प्राबिधिकहरुले अत्यन्तै न्यून रकम लिएर नेपाली भाषा संस्कृतिको जर्गेना गर्नका लागी यो चलचित्रमा काम गरेको बताउने खरेलको मन भानुभक्त जन्मस्थल संरक्षण समितिसंग भने धेरै गुनासाहरु छन् । उनले समितीले भानुभक्तलाई कोठामा राखी ढोकामा भोटे ताल्चा लगाएर थुन्ने काम गरेको उल्लेख गरेका छन् । 'हामीले भाषा साहीत्यको लागी भनेर काम गर्‍यौं तर समितीले त्यस्तो गरीदिएन', यादबको गुनासो छ । घर घरमा भानुभक्तलाई पुर्‍याउने उद्येश्यले तत्कालिन समयको समितीले रु पाँच सयका दरले डिभिडि बच्ने गरेको स्मरण गर्दै उनले अहिलेको समितीले निदाएको बहाना गरेका कारण ब्युउझाउन नसकेको जनाएका छन् ।

 

आज पनि बिभिन्न बिद्यालय तथा साहित्यीक संघ सस्थाले भानुको सम्मानमा बिभिन्न कार्यक्रम गरेको बताउदै उनले हरेक भानु जयन्तीमा यो चलचित्रले बिशेष महत्व पाउने गरेपनि समितीको निस्कृयताका कारण त्यो हराउदै गएको बताएका छन् । भानुभक्तका बिभिन्न कृतिहरुबाट बिभिन्न कबिताका टुक्राहरु झिकेर प्रतिनिधि मुलक रुपमा २६ बटा कबिता राखेको बताउदै यादबले बन्द कोठाको ताल्चा खोली भानुभक्तलाई स्वतन्त्रत बनाउने तर्फ पहल गर्न भानुभक्त जन्मस्थल संरक्षण समितिसंग आग्रह गरेका छन् ।

 

भानुभक्तको स्मरणमा कलाकार
 

दिलिपलाई आज पनि भानुभक्तले लेखेका स्लोक तथा कविताहरू कण्ठ छन् रे !  उनले भानुभक्त पढ्नका लागी बनारस जाँदा आफ्नो परिचय दिदै बोलेका स्लोकहरु खर्रर सुनाए । दिलिपले स्मरण गरे आफुले बोल्ने बेलामा भानुभक्तको जस्तै भाषा प्रयोग गर्न निकै गाह्रो भएको कुरा । यति सम्मकी बोल्दा ह्स्व र दिर्घ समेत मिलाउनु पर्ने । तर पनि त्यो चलचित्र खेल्न पाएकोमा गौरव गर्दै दिलिपले साहित्यिक कृतिमाथि चलचित्र बन्नु पर्ने बताए । तर उनले यस्ता चलचित्रको लगानी सुरक्षका लागी सरकारले भुमिका खेल्नु पर्ने जनाएका छन् ।
 


यस्तै आज भानु जयन्तीका अवसरमा हामीले कलाकार मुकेश ढकालसंग कुराकानी गर्दा उनले रामायणको स्लोक खर्रर सुनाए । हनुमान र राम बिचको कहानी जोडीएको स्लोक सुनाउदै मुकेशले भानुभक्त जस्ता साहित्यकारको कृति आफुले धेरै पढेको बताएका छन् । अर्का कलाकार तथा निर्देशक आकाश अधिकारीले भने भानुभक्तका कुनै पनि स्लोकहरु सुनाउन सकेनन् । सानोमा पढेपनि अहिले कामको चापले ति कुराहरु बिस्रदै गएको उनको कथन थियो । यद्यपी उनले आफु साहित्यमा आधारीत चलचित्र बनाउन तयार रहेको बताए पनि लगानीका बारेमा भने हच्किए । उनले यस्ता चलचित्रहरुको लगानीबाट प्रतिफल नपाइने भन्दै साहित्त्यिक कृतिमाथि बन्ने चलचित्रमा राज्यले लगानी गर्नु पर्ने बताएका छन् । ग्लोबल मार्केटिङको कुरा चलिरहदा साँस्कृतिक आदान प्रदानका लागी भएपनि साहित्य माथि बनेका चलचित्र बिदेशमा चल्ने भन्दै उनले दुई सय बढी मुलुकमा नेपाली चलचित्रको बजार फैलाउन सकिने बताएका छन् ।


यता भर्खर मात्र मशान नाटकमा आधारीत चलचित्र मशान खेलेका नायक राजबल्लभ कोइरालाले साहित्यिक कृतिमाथि बन्ने चलचित्रलाई बिदेशि मसलाबाट टाढै राख्नु पर्ने बताएका छन् । उनले साहित्यिक कृतिमाथि चलचित्र बनाउदा आर्ट फिल्मको रुपमा प्रस्तुत गर्नु पर्ने बताए । भानुभक्तको घाँसी कबिता भन्न सक्ने राजले स्कुल पढ्दा भानुभक्त शिर्षकमा निबन्ध लेखेको समेत बताएका छन् ।


चलचित्र भानुभक्त सुटिङ ताकाको रमाइलो प्रसंग


भानुभक्तको भूमिका गर्ने दिलीप रायमाझीका जति दृश्य थिए भानुभक्तका हजुरबा श्रीकृष्ण आचार्यको भूमिकामा पनि झन्डै त्यति नै दृश्य थिए । त्यस भूमिकाका लागि कलानाथ अधिकारीलाई लिने निर्णय गरीएको थियो । उनी पथलैया भएकाले पथलैयाबाट काठमाडौँ झिकाइयो । निर्माण पक्षले उनको नाप अनुसार लुगा सिलाउन लगाएको थियो । चलचित्रको छायांकन थाल्न मात्र तीन या चार दिन बाँकी थियो अधिकारीको निधन भयो । त्यसपछि तनहुँ रम्घाकै एक जना पाका मान्छेलाई यसका लागि चयन गरीयो । तर ती ब्राह्मण जातका नपरेकाले भानुभक्तका नातिहरुलॆ स्वीकारेनन् । अनि बल्ल बल्ल अर्को मान्छेलाई तयार गरीयो र ती थिए साहित्यकार गोविन्द भट्ट । त पार्टीले यस्तो धार्मिक चलचित्रमा खेल्नु हुँदैन भनेर प्रतिबन्ध लगाएका कारण उनी पनि खेल्न सकेनछन् । भोलिपल्ट बालाजुको चलचित्र संस्थानमा छलफल हुँदै गर्दा निर्देशक यादब खरेलले साहित्यकार कमलमणि दीक्षितलाई यस भूमिकाका लागि प्रस्ताव गरे । आफ्नो चाहना नभए पनि घरपरिवारलॆ कर गरेपछि उनी तयार भए । यसरी भानुभक्तका हजुरबा भेटीएको निर्देशक खरेल बताउछन् ।

 

होसियार !

 

आफ्नो चलचित्रको प्रतिलिपि रक्षको कुरा गर्ने चलचित्रकर्मीहरु अब तपाइले पनि साहित्यीक कृतिको प्रतिलिपी अधिकारको सम्मान गर्नुहोस । अनि साहित्यिक कृतिमाथि चलचित्र बनाउदा सस्टालाई तिर्नु पर्ने रोयल्टी तिर्नु भएको छैन भने अब त्यो रोयल्टी तिरीहाल्नुहोस । प्रतिलिपि अधिकारमा सुरक्षित गरीएका यस्ता कृतिमाथि चलचित्र बनाउदा रोयल्टी नतिरेको भन्ने गुनासो आइरहदा चलचित्र बिकाश बोर्डले यस्तो पाइए कारबाही गर्ने जनाएको छ । बोर्डका अध्यक्ष गणेश भण्डारीले यस्ता गुनासाहरु सुनेको बताउदै कसैले उजुरी गरेमा छानबिन गरी प्रतिलिपी अधिकार ऐन अनुसार कारबाही गर्न बोर्ड प्रतिबद्ध रहेको जनाएका छन् । साहित्यमाथि चलचित्र बनाउदा राज्यले सहयोग गर्नु पर्ने माग उठिरहदा उनले पटक पटक मौलिक कथामा निर्माण हुने चलचित्रलाई सहयोग गर्न बोर्ड तयार बताउदै आएको जनाएका छन् ।