मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौमा सिजी डिजिटल फिल्म अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2011/07/14

भनिन्छ अहिलेको युग डिजिटलको हो । खासगरी मनोरञ्जनको क्षेत्रमा डिजिटलले राम्रो फड्को मारेको छ । नयाँ नयाँ प्रबिधिको आगमनले नेपाली दर्शकहरूको रूचिमा पनि परिवर्तन गरेको कुरालाई नकार्न सकिंदैन । त्यसैले अहिलेका दर्शकहरू अत्याधुनिक प्रविधिबाट डिजिटलाइज्ड गरिएका चलचित्र हेर्न लालायित पनि छन् भन्दा फरक नपर्ला ।  यहि कुरालाई मन गर्दै छायाँछबि पत्रिकाले बिगतका बर्षमा झैं यसबर्ष पनि फिल्म अवार्ड गर्ने भएको छ ।  

 

'सिजी डिजिटल फिल्म अवार्ड २०६८' को नाम दिईएको सो अवार्ड आगामी भदौ २२ गते राजधानीमा एक भव्य समारोहका बिच बितरण गर्ने जानकारी आज राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईयो । चौधरी ग्रुपले आगामी ५ बर्षका लागी प्रायोजन गरेको सो अवार्ड कार्यक्रम अर्न्तगत भोली शुक्रबारबाट अष्टनारायण हलमा चलचित्र हेरिने भएको छ । सो अवार्ड कार्यक्रममा यस बर्षको आर्थिकबर्ष ०६७०६८ भित्र प्रदर्शन भएका वा सेन्सर पास भएका डिजिटल चलचित्रहरूले सहभागीता जनाउने छन् ।  

 

चलचित्रको जुरीमा मोहन निरौला, ओम प्रतिक, राजेश खनाल र दिनेश कार्की रहेको 'सिजी डिजिटल फिल्म अवार्ड २०६८' का अध्यक्ष शान्ति प्रियले जानकारी गराए । उनका अनुसार जुरीहरूले चलचित्र हेरिसके पछि अगामी श्रावण २२ गते मनोनयनमा परेका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्ने र भदौ २२ गते अवार्ड बितरण गरिने छ । अवार्डमा यस बर्ष एसएमएस भोटिङलाई पनि समावेश गरिंदै छ ।

 

डिजिटल प्रबिधिमा बनेका चलचित्रलाई प्रोत्साहन गर्न तथा चलचित्रकर्मीको सम्मानका लागी आयोजना गर्न लागिएको सो अवार्ड कार्यक्रमलाई फिल्मीखबर डटकमले मिडिया पार्टनरको रूपमा सहकार्य गर्दैछ ।