मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचालाई शिबमको पत्र

फिल्मीखबर, काठमाण्डौ, 2011/07/15

चलचित्रको कथा छनौट गरेर अभिनय गर्ने अधिकार कलाकारलाई हुन्छ । भदौ २५ गतेबाट छायाँकनमा जाने बताइएको चलचित्र ब्याक मेलमा ऋचा शर्माले केही दिन अघि मात्रै आफुलाई चलचित्रको कथा मन नपरेका कारण नखेल्ने बताएको खबर आएको थियो । आफूलाई नायिकाको रूपमा अफर गरेको तर कथा बस्तु मन नपरेपछि सो चलचित्र नखेल्ने प्रतिक्रिया ऋचाले दिएकी थिईन् ।

 

ऋचाले चलचित्र 'ब्ल्याक मेल' को कथामा कुनै नयाँ पन नभएको र परम्परागत कथा रहेकोले चलचित्र रिजेक्ट गरेको बताएकी थिईन् । ऋचाको यस्तो प्रतिक्रिया आएपछि चलचित्रका लेखक शिबम अधिकारी निकै आक्रोशित बनेका छन् । आफ्नो कथालाई राम्रो नभएको प्रतिक्रिया दिएपछि लेखक अधिकारीले फिल्मीखबरको माध्यमबाट ऋचालाई पत्र पठाएका छन् । फिल्मीखबरको इमेलमा आएको अधिकारीको पत्र जस्ताको तस्तै हामीले प्रस्तुत गरेका छौं ।

 

 

हेल्लो ऋचा जी,
        तपाई युवापुस्ताकी एउटा पढेलेखेकी बुझ्ने कलाकार हुनुहुन्छ भनेर म सम्मान गर्थें । तर तपाईमा यति धेरै घमण्ड होला भनेर मैले सोचेको थिएन । मेरो नजरमा त तपाई आकाशबाट पातालमा झर्नुभयो ।

        प्रसंग हो ब्ल्याक मेलको, तपाईलाई के थाहा छ ब्ल्याकमेलको कथा ? जब कि ब्ल्याकमेलको आधिकारिक स्कृप्ट राईटर म हुँ । मैले तपाईलाई मेरो कथा सुनाएँ ? अहिलेसम्म मेरो स्कृप्ट आधी पनि पुगेको छैन तर तपाई मलाई ब्ल्याकमेलको कथा मन परेन भन्दै मिडियामा फुक्दै हिड्नुहुन्छ भएछ । मेरो कथा कुन आधारमा परम्परागत भयो ? मेरो तयारै नभएको स्कृप्ट माथि जजमेन्ट गर्ने तपाई को ? अनुभवको कुरा गर्नुहुन्छ भने तपाईको उमेर भन्दा तीन गुना बढी सिनेमा लेखिसकेको छु । तपाईको उमेर भन्दा बढी फिल्महरु सुपरहिट दिईसकेको छु । योग्यताको कुरा गर्नुहुन्छ भने तपाईको बराबरको एकेडेमिक र्सर्टिफिकेट म सँग पनि छ ।

      त्यसैले कसैको करियरमा धक्का लाग्ने गरी बोल्दै नहिड्नु होला । तपाईलाई खेल्न मन लागेन खेल्दिन भन्दे हुन्छ । कसैको सृजना माथि औला उठाउने हक तपाईलाई छैन ।



                                                                                                                                                                                         शिवम् अधिकारी
                                                                                                                                                                                                 लेखक