मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेहन्दी र चुरामा नायिका

फिल्मीखबर, काठमाण्डौ, 2011/07/17

आज साउने सक्रान्ति । आज साँझ घरघरमा लुतो फालेर यो पर्व मनाइदैछ । त्यसो त  आज नेपाली चेलीहरुले हातमा हरियो चुरा अनि मेहन्दी लगाउने गर्दछन् । हरियाली रङ्गिन मौसम अनि त्यहि हरियोसंग रङ्ग मिलाउदै हरिया लुगा र हरियो चुरा हाम्रा नायिकाहरुको पनि आज लगाउदै छन् ।

 

हरियो चुरा लगाउने र नलगाउनेका बिचमा तर्क चलिरहदा नेपाली संस्कृतिको जर्गेना गर्नु पर्नेमा सबै सहमत देखिन्छन् । बरिष्ठ नायिका करिष्मा मानन्धरले पहिला पहिला हरिया चुरा लगाउने चलन नभएको बताएकी छन् । उनले यो संस्कृतिको बिकाश भएको धेरै नभएको भन्दै आफुले त्यसको नक्कल नगर्ने जनाएकी छन् । उनले नेपाली चेलीहरुको महान चाड तिजमा चुरा पोते लगाउने भन्दै अन्य समयमा त्यति धेरै चुरा नलगाउने जनाएकी छन् ।

 

करिष्माले आफुलाई पहिले देखि नै मेहन्दी मन पर्ने जनाउदै मेहन्दी भने लगाउने गरेको उल्लेख गरिन् । तर साउनमा मात्र हैन उनलाई जहिले मेहन्दी लगाउन मन लाग्छ त्यहि बेला मेहन्दी लगाउने गर्दछिन रे । यता साउनको अर्को महत्व शिवजीको ब्रत पनि हो । साउनमा माछा मासु नखाने अनि ब्रत बस्ने चलन पनि छ । तर नायिका मानन्धरले भने शिब भक्त भएका कारण हरेक समय शिवजीलाई पुज्दि रहिछन् । तर उनलाई शिबजीको पूजा गर्न कुनै समय कुनुपर्दैन रे ! उनी भन्छिन्, 'भगवान पुज्न पनि समय चाहिन्छ र ?'



यता करिस्माको भन्दा अलिक फरक धारणा राख्ने नायिका हुन् नन्दिता केसी । उनले भने आज हरिया चुरा अनि मेहन्दी लगाउने जनाएकी छन् । साउनमा सबैतिर बोट बिरुवाका पात हुन् वा मौसम सबै हरियो हुने हुदा उनलाई पनि हरियो हुन मन लाग्दो रहेछ । साउनमा हरियो चुरा किन लगाइन्छ भन्ने बारे स्पष्ट नभए पनि नायिका केसीले चलि आएको चलन भएकोले आफुले हरियो चुरा लगाउने गरेको बताएकी छन् । उनले हरियो चुरा मात्र हैन मेहन्दी पनि लगाउने बताइन् ।

 

त्यसो त नन्दिता शिवजीलाई पुजा गर्ने भए पनि शिबको ब्रत भने नबस्ने भएकी छन् । आज भन्दा केही वर्ष अघि लगातार ६ वर्ष शिवजीको नाममा हरेक सोमबार ब्रत बसेको उनको भनाई छ । उनका अनुसार साउन शिबजीको ब्रत भएका कारण उनले यो महिनामा माछा, मासु भने नखाने जनाएकी छन् । अबिबाहीत चेलीले रातो चुरा लगाउदा त्यति नसुहाउने भन्दै केसीले हरिया चुरा लगाउदा केही असर नपर्ने जनाएकी छन् ।