मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गए जमाना स्टाईलका

बिष्णु सुवेदी, फिल्मीखबर, 2011/07/18

समय परिवर्तनशित छ र मान्छे समय संगै परिवर्तन हुन सक्नु पर्दछ । नत्र कोही जमानामा डायनासोर पनि थियो र ? भने जस्तै हुन सक्छ । अझ प्रर्दशनको दुनियाँमा काम गर्ने कलाकारहरु त झनै समय अनुसार परिवर्तन हुनै पर्दछ ।


सेलिब्रटीको जीवनशैली धेरैका लागी सपनाको संसार हुन सक्छ । उनिहरुको हाउभाउ, ड्रेसअप सबै फेशन हुन सक्छ । कुनै जमाना हिरोले चिच्चाए पछि चलचित्र सफल हुन्छ भन्ने बिश्वास गरिन्थ्यो । हिरोले उडेर गुडेर एक्सन देखाएमा चलचित्र सफल मानिन्थ्यो । त्यसो त केही निर्देशकहरुले नायिकालाई रुवाएर चलचित्र सफल हुन्छ भन्ने मान्यता पनि राखे ।


कुनै समय थियो राजेश हमालले चलचित्रमा शंकर पात्रको भुमिका निभाउदा 'शंकर हो मेरो नाम' भनेकै कारण धेरैले चिच्चाएर यहि डाइलग भन्दै हिड्ने गर्दथे । राजेश हमाललाई चिच्चाउने र कराउने भुमिकामा धेरै निर्देशकहरुले प्रस्तुत गरे । उनले लामो कपाल हल्लाउदा होस वा चिच्चाउदा नै किन नहोस त्यहि कुरा केही समय फेशन नै भयो ।


जब निखिल उप्रेती यो क्षेत्रमा आए तब हिरोले उड्ने र एक्सन देखाउने जमाना आयो । निखिलले एकसन प्रस्तुत गर्न थाले । चलचित्रहरु एक्सन प्रधान बन्न थाले । पुलको लठोमा हिड्ने होस कि सात तलाबाट हाम फाल्ने नै किन नसोस वा आफ्नो बाइक उडाएर एकै पटकमा कयौ भिलेनलाई प्रहार गर्ने नै किन नहोस् निखिलले गर्ने यस्ताका कामले चलचित्रमा फेरी एक पटक कराउने र पिट्नेकै समयलाई बलबान गरायो । अझ त्यहि समय बिराज भट्टको आगमनले झनै चलचित्रमा एक्सनको पाटोलाई बलियो बनायो । उनिहरु सबै चिच्चाउने, कराउने र पिट्नेमा नै बढी ब्यस्त देखिए ।

 


यता नायिकाहरुको कुरा गर्ने हो भने केही वर्ष अघि सम्म कुरकुच्चा नै छोप्ने गरेर गुन्यू चोली लगाउने परम्परा नै थियो चलचित्रमा पनि । कोही नायिकाको तिघ्रा सम्म देखिएमा पनि दर्शकहरुले जिब्रो टोकेर आश्चर्य प्रस्तुत गर्ने गर्दथे । नायिकाहरुलाई रुवाएर चलचित्र सफल हुन्छ भन्ने मान्यता पनि देखिन्थ्यो चलचित्रमा । तर जब रेखा थापाको बर्चश्व चलचित्रमा बढ्यो अनि बिस्तारै यो शैलीमा भिन्नता आउन थाल्यो । अहिले त नायिकाहरु स्कट भन्दा पनि छोटो पहिरनमा देखिन थालेका छन् । नायिकाको एक्सन सँगसँगै चलचित्रमा बेड सिन र किस सिन पनि सामान्य हुन थालिसेको छ ।


समय बदलिएको छ । दर्शकहरुको सोच बदलिएको छ । त्यहि अनुसार चलचित्र क्षेत्र नबदलिए पनि केही मान्यताहरु भने बदलिएका छन् । अहिले पनि छन् राजेश हमाल, निखिल उप्रेती. बिराज भट्ट अनि उनिहरुका प्रतिनिथि पात्र । तर छैन चलचित्रमा पहिला कै जस्तो कराउने शैली । हिरोले एक्कै पटकमा उडेरै सबैलाई सखाप पार्ने द्धन्द्ध परिवर्तन भएको छ ।
 


अहिलेको समयम परिवर्तनसँगै नयाँ नयाँ चिज प्रस्तुत गर्ने हो । दर्शकहरू निकै बाठा र बुझ्ने भईसकेका छन् । उनीहरूको मष्तिस्क बलिउड र हलिउडको चलचित्रमा पुगेको छ । अहिलेका पुस्ता हरेक चिजमा नयाँ पन खोजिरहेका हुन्छन् । त्यसैले अहिलेको नेपाली चलचित्रको आवश्यकता भनेको युवापुस्ताको सोचमा पुगेर काम गर्नु हो । अब नेपाली चलचित्रमा परिवर्तन चाहिएको छ । यो जमाना स्टाईलको हैन आर्ट मुभिको हो ।