मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेसबुकमा नेपाली कलाकारहरुको लोकप्रियता

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/07/18

सामाजिक सञ्जाल फेसबुकको लोकप्रिता दिनानुदिन बढ्दै छ । साथी बनाउन तथा साथीका बारेमा जानकारी राख्न मात्र हैन आफ्नो व्यवसाय वा उत्पादनको बिज्ञापन गर्न समेत फेसबुको प्रयोग गर्न सकिन्छ । त्यसो त फेसबुकमा कस्का साथी कति छन् मात्र हैन कस्लाई कतिले रुचाउछन् भनेर समेत हेर्न सकिन्छ । त्यसका लागि भने फ्यान पेजमा जानु पर्छ ।


धेरै नेपाली चलचित्रकर्मीहरुले पनि फेसबुकमका आफ्नो एकाउण्ट खोलेका छन् । त्यसो त केही चलचित्रकर्मीहरुले आफ्नो चलचित्रको प्रचारका लागी फेसबुकको सहयोग लिएको पनि हामीले देख्दै आएका छौं । फेसबुकबाट आफुले गर्दै गरेको कामको बारेमा जानकारी दिने चलचित्रकर्मीहरु धेरै नै छन् यहाँ । कतिले त कसैलाई गाली गर्नको लागी अनि कसैको प्रशंसा गर्नका लागी पनि फेसबुककै प्रयोग गरेको देखिन्छ ।


चलचित्रको पोष्टर सार्वजनिक गर्ने देखि चलचित्रको गीत सिआरबिटी सार्वजनिक गर्ने चलचित्रकर्मींहरु पनि छन् यहाँ । कोही चलचित्रकर्मीहरुले त फेसबुकबाट नै कलाकारको खोजी पनि गर्ने गरेको पाइएको छ । तर पटक पटक कलाकारहरु भने फेसबुक हृयाकको शिकार भइनै रहेका खबरहरु पनि आइरहे्का छन् भने धेरै कलाकारको नामका फेक एकाउण्टहरु पनि भेटिएका छन् । यस्ता एकाउण्टमा कलाकारको झुटो बिवरण दिएर कलाकारको बदनामी गर्ने गरेको पनि पाइएको छ ।


चलचित्रकर्मीहरुको पनि प्रिय बन्दै गएको यो फेसबुकमा भने धेरै कलाकारको फ्यान पेज छैन । भएका मध्ये पनि धेरै कलाकारहरुको फेक एकाउण्ट रहेको छ । कमै मात्र कलाकारहरुले आफ्नो फ्यान पेज खोलेका छन् । हामीले फेसबुकमा सर्च गर्ने बेलामा धेरै कलाकारहरुको फ्यान पेज भेटेनौ भने केही कलाकारहरुको दुई वटा सम्म फ्यान पेज भेटिएको छ ।


बरिष्ठ कलाकार हरिबंश आचार्य पर्दामा मात्र हैन फेसबुकमा पनि सर्वाधिक रुचाइएका कलाकार हुन् । हामीले यो समाचार तयार पार्दा सम्म आचार्यको फेजमा एक लाख बाइस हजार पाँच सय चौरानब्बे जनाले लाइक गरिसकेका छन् । यसरी फेसबुकमा भेटिएको फ्यान पेजलाई समेत हेर्ने हो भने हरिबंश नै सार्वाधिक रुचाइएका नेपाली कलाकार हुन् । तर उनैका सहकर्मी मदन कृष्ण श्रेष्ठको फ्यान पेजमा भने तिन सय पैचालिस जनाले मात्र लाइक गरेका छन् । यस्तै मदन कृष्ण श्रेष्ण र हरिबंश आचार्यको मह जोडीका नाममा दुई वटा फ्यान पेज छन् । ति मध्ये एउटामा चौबिस हजार सात सय एकानब्बे र अर्कोमा सत्र हजार सात सय छब्बिस जनाले लाइक गरेका छन् ।


हरिबंश पछि दोस्रो नम्बरमा नायिका नम्रता श्रेष्ठलाई मन पराउने फेसबुक प्रयोग कर्ताहरु बढी भेटिएका छन् । खासगरी युवा पुस्तामाझ लोकप्रिय नायिका नम्रताको फ्यान पेजमा छयासी हजार छ्यालिस जनाले लाइक गरेका छन् । यसरी हेर्दा नायिकाहरुमा सबै भन्दा बढी नम्रता श्रेष्ठकै फ्यानहरु भेटिएका छन् । फेसबुकमा नम्रता नम्बर वान नायिका बन्न सफल भएकी छन् । फेसबुक प्रयोगकर्ताहरुले रुचाएका आधारमा हेर्ने हो भने अहिलेकी हर्ताकर्ता नायिका रेखा थापा तेस्रो नम्बरमा परेकी छन् । आम चलचिमा उनलाई धेरैले रुचाए पनि फेसबुकका कयैन प्रयोग कर्ताहरुमध्ये सतचालिस हजार नौ सय सन्तानब्बे जनाले उनलाई मन पराएमा छन् । त्यसो त फेसबुकमा नायिका रेखालाई मन नपराउनेहरुको पनि समुह नै छ । आइ हेट रेखा थापा नामको उक्त एकाउण्टमा अहिले सम्म दुई हजार छ सय चार जनाले लाइक गरेका छन् ।


हामीले भेटेका कलाकारहरुको फ्यान पेजमा सार्वाधिक रुचाइएका नायक जसले बिस वर्षसम्म निरन्तर चलचित्र उद्योगमा काम गरिरहेका छन् । तिनै महानायक राजेश हमालका नाममा फेसबुकमा दुई वटा फ्यान पेजहरु छन् । जस मध्ये एउटामा बाइस हजार नौ सय सत्र जनाले लाइक गरेका छन् । अर्कोमा भने पाँच हजार चार सय पैंतिस जनाले रुचाएका छन् महानायकलाई । यसरी हेर्दा निरन्तर चलचित्रमा राज गरे पनि फेसबुकका प्रयोग कर्ताहरुको मनमा राजेश हमालले राज गर्न नसकेको स्पष्ट भएको छ ।


पछिल्लो समय आफुलाई चलचित्र क्षेत्रमा स्थापित गराउन सफल नायक आर्यन सिक्देलको फ्यान पेजमा तेह्र हजार नौ सय एघार जनाले लाइक गरेका छन् । ओगट्नेमा नायिका ऋचा घिमिरे देखिएकी छिन् । उनको नाममा लाईक गर्नेको संख्या नौ हजार दुई सय छब्बिस पुगेको छ । त्यसैगरी ऋचालाई पछ्याउँदै नायिका नन्दिता केसी पनि छिन् । उनको नाममा खोलिएको फ्यान पेजमा लाईक गर्नेको संख्या सात हजार एक सय उनान्सत्तरी पुगेको छ । नायिका नन्दिता पछाडी भने नायक राजबल्लभ कोइराला आएका छन् । उनको फ्यान पेजमा पाँच हजार सात सय एघार जनाले लाइक गरेका छन् ।


म्युजिक भिडियो हुदै नेपाली चलचितत्रमा प्रबेश गरेर छोटो समयमा नै राम्रो क्रेज बनाएकी नायिका केकीलाई भने पाँच हजार तिन सय बैसठ्ठी जनाले मन पराएका छन् । गर्भवती भएर केही समय देखि घरमा आराम गरिरहेकी नायिका अरुणिमा लम्साललाई भने फेसबुकमा पाँच हजार तिन सय बत्तीस जनाले मन पराएको भेटिएको छ ।


केहि बर्ष अघि निकै चर्चामा रहेकी सुन्दर नायिका नायिका जसको क्रेज आज पनि उक्तिकै छ नेपाली चलचित्रमा ति हुन् करिश्मा मानन्धर । उनको फ्यान पेजमा लाईक गर्नेको संख्या जम्मा सात सय सोर्‍ह जना रहेका छन् । करिश्मा मानन्धरका फ्यान नै नभएर यतिले मात्र लाइक गरेका भने पक्कै होइनन् होला । यस्तै अर्की नायिका जसको क्रज पनि नेपाली चलचित्रका दर्शकरुको बिचमा राम्रो छ ।


प्रबिधिको जमानामा आज धेरैले इन्टरनेट प्रयोग गर्ने गर्दछन् । तर पनि कमै नेपाली कलाकारहरुले मात्र इन्टर नेटको प्रयोग गर्ने गरेको पाइएको छ । त्यसो त फेसबुकमा भएका कलाकारका एकाउण्ट हुन् वा फ्यान पेज अधिकांश फेक नै रहेको बुझिएको छ । तर जे जस्तो भएपनि कलाकारको नाममा फ्यान पेज खोलेर त्यसको दुरूपयोग नगरी कलाकारहरूलाई सम्मान गरिदिन फिल्मीखबर बिनम्र आग्रह गर्दछ । किनकी कलाकार भनेका देशका गहना हुन् ।