मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डलाई अधिकार आए निर्णय लागु हुन्छ : प्रवत्ता बस्नेत

फिल्मीखबर, काठमाण्डौ, 2011/07/19

निर्णय गर्न सजिलो छ कार्यन्वयन गर्न गाह्रो । यस्तै भएको चलचित्र बिकाश बोर्डलाई पनि । बोर्डले शनिबार बाहेकका दिनहरुमा बिहानी शो हटाउने निर्णय त गर्‍यो तर त्यो निर्णय लागु गर्न भने सकेको छैन ।


बोर्डका प्रवत्ता बिजय बस्नेतका अनुसार बोर्डले गरेको निर्णय सञ्चार मन्त्रीबाट सदर भैसकेका कारण बोर्डलाई लागु गर्न गाह्रो छैन । तर यस्ता निर्णय लिदा मन्त्रालय नै धाउनु पर्ने र मन्त्रीबाटै अनुमोदन गर्न पर्ने कानुन फेरेर बोर्डलाई त्यो अधिकार प्रदान गर्न माग भैरहेका कारण उक्त निर्णय लागु नगरिएको बस्नेतले बताए । 'यसको अनुगमन देखि कारबाही गर्ने सम्म सबै अधिकार बोर्डलाई प्राप्त हुन्छ तब यो निर्णय कार्यान्वयन हुन्छ', प्रवत्ता बस्नेतले भने ।


सम्बन्धित सबै पक्षसंग छलफल गरेर आफुहरुले निर्णय लिएको बताउदै प्रवत्ता बस्नेतले यो निर्णय कार्यान्वयनका लागी भने असहज नभएको जनाएका छन् । उनका अनुसार आफ्नो पार्टी आन्तरिक छलफलमा ब्यस्त भएका कारण कानुन परिवर्तनको प्रस्ताव पेश गर्न केही ठिलाई भएको छ । पार्टीको पहलमा कानुन परिवर्तन गरी बोर्डलाई सम्पूर्ण अधिकार सम्पन्न बनाउने कानुन ल्याउन पहल भैरहेको बताउदै प्रबत्ता बस्नेतले त्यसले चाडै मूर्त रुप लिने बताए ।


अध्यक्ष भण्डारीले देशका बिभिन्न स्थानमा चलचित्रको स्थितिको अध्ययन गरी फर्कीएको जनाउदै उनले भ्रमणमा बुझेका कुराहरुलाई समेटेर अब तत्काल बोर्डलाई अधिकार सम्पन्न बनाउन दबाबा सृजना गर्ने बस्नेतले जानएका छन् । बस्नेतले अध्यक्ष भण्डारीको भ्रमण लगायत पछिल्लो प्रगतिका बारेमा छिट्टै नै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउने जनाएका छन् । अहिले पनि बिहानी शो तत्काल बन्द गर्न बिभिन्न स्थानबाट कुरा उठिरहे पनि कानुन आफ्नो हातमा नभएका कारण केही ठिला भएको दोहोर्‍याउदै उनले तत्काल कानुनलाई परिवर्तन गर्न लगाई निर्णय कार्यान्वयन गर्ने बताएका छन् ।