सञ्चारकर्मी हुँदै निर्देशक बनेका सुमन दाहाल अहिले निकै व्यस्त छन् । उनको व्यस्तता चलचित्र निर्देशनमा भने हैन । आगामी साउन २१ हुन लागेको 'नाच अन द फ्लोर २०६८' नामक रियालिटी शोका लागी उनी व्यस्त भएका हुन् ।
मोफसलका अधिकांश हलमा प्रदर्शन भईरहेको चलचित्र 'मन परेपछि' लाई सुमनले निर्देशन गरेका हुन् । आफूले निर्देशन गरेको पहिलो चलचित्रले राम्रो व्यापार गरिरहेको बताउने सुमन अर्को चलचित्रको निर्देशन गर्ने तयारीमा पनि छन् तर अहिले भने उनी नाच अन द फ्लोर मै व्यस्त छन् । केहि दिन अगाडी मात्र थाईल्याण्डको भ्रमण सकेर काठमाण्डौ फर्किएका सुमनले नाच अन द फ्लोर एक फरक किसिमको प्रतियोगित्मक रियालिटी शो हुने बताए ।
युनाइटेड इन्टरनेश्नल पिक्चर्स प्रालीको आयोजनामा हुन लागेको सो रियालिटी शोका लागि अहिले धमाधम फारम बितरण भईरहेको सुमनले जानकारी गराए । रक्षा नेपालको सहयोगामा गर्न लागिएको कार्यक्रममा नेपाली गीतमा वेस्टन डान्स गर्नेहरुले कार्यक्रममा सहभागिता जनाउन सक्ने उनको भनाई छ । प्रतियोगितात्मक रुपमा अगाडी बढाइने यो कार्यक्रम ३ चरणमा सम्पन्न हुनेछ । पहिलो र दोस्रो अडिसनका सफल प्रतियोगिहरु अन्तीम प्रतिस्पर्धामा सहभागी हुन पाउने सुमनले बताए ।
काठमाण्डौका बिभिन्न नृत्य प्रशिक्षण केन्द्रहरुका साथै पिक्चर्सको वेवसाइट www.unitedinternationalpictures.com मा आबेदन र्फम उपलबध गराइने जानकारी दिदै दाहालले जोडी नृत्य र एकल नृत्य गदै प्रतिस्पर्धीहरुले सहभागीता जनाउन सक्ने बताए । साथै उनले सो कार्यक्रममा सहभागी हुन चाहनेले निम्न ठेगानामा सम्पर्क गर्न सक्ने समेत बताए ।
थप जानकारीको लागी सम्पर्क