मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुवास थापा समलिङ्गी नायक

फिल्मीखबर, काठमाण्डौ, 2011/07/20

कलाकार भैसकेपछि जस्तो पनि अभिनय गन सक्नु पर्दछ । कथा अनुसार आफुलाई बगाउन सक्ने खुबी कलाकारमा चाहिन्छ । अझ भनौ कलाकार कथा र अवस्थामा डुबेर अभिनय गर्न सक्नु पर्दछ । अवस्था अनुसार आफुलाई वास्तविक पात्रको रुपमा उभ्याउन सक्ने हो भने त्यो पात्र भित्र दर्शकहरुले आफुलाई पाउने गर्दछन्  ।


प्रसङ्ग नायक सुबास थापा र उनको पछिल्लो चलचित्र 'ब्रेक फेल' को हो । उनले आफुलाई यो चलचित्रको कथामा डुबाएर काम गरेका छन् वा हल्का रुपमा त्यो त चलचित्र रिलिज पछि थाहा हुनेछ । चलचित्र कोही मेरोबाट डेब्यू गरेका थापाले सो चलचित्रमा लभर ब्याईको भुमिका निभाएका थिए र जस पनि राम्रै पाएका थिए । चलचित्र कोही मेरोमा लभर ब्याईको भुमिका निभाएका थापा चलचित्र 'ब्रेक फेल' मा भने पत्रकारको भुमिकामा प्रस्तुत भएका छन्  ।


एउटा पत्रकार भैसकेपछि समाचार संकलनका लागी बिभिन्न स्थानहरुमा पुग्ने गर्दछ । त्यति बेला पत्रकारितालाई बिर्सने हो भने उसले मानबिय आंकाक्षहरु पुरा गर्न युवा भए युवती र युवती भए युवक तिर आर्कषित हुन सक्छ । तर सुवास यस्तो पत्रकार भएर देखिएका छन् जो पुरुष भएर पनि पुरुषसंग नै आर्कषित हुन्छन् । अर्थात उनि चलचित्रमा समलिङ्गी भएर प्रस्तुत भएका छन् ।

 

कुनै पनि पत्रकार सम्मेलनमा होस् वा समाचार संकलन गर्न जादा होस् हृयाण्डसम केटा देख्न हुदैन रे उनलाई । उनि त जिस्कने, टाँसिने, अंगालिने गरिहाल्छन् रे । समलिङ्गीको भुमिका निभाएका सुवासले चलचित्रमा केही सामान्य पुरुषले भन्दा फरक दृष्यहरु दिएर आफुलाई समलिङ्गीको भुमिकामा ससक्त बनाउने प्रयास गरेको बुझिएको छ ।


भाद्र १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ब्रेक फेल कमेडी धारको चलचित्र भएको बताइएको छ । नायिका ऋचा घिमिरेको प्रस्तुती रहेको सो चलचित्रलाई शंकर घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा ऋचा र सुवासका अलावा, राजेश हमाल, बिमलेश अधिकारी, निरज बराल, चिरन लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । वर्ल्डवाईड मुभि मेकर्सको व्यानरमा निर्माण गरिएको चलचित्र 'ब्रेक फेल' लाई मनोज कुमार घिमिरे, शिबहरी कार्की र प्रदिप सिंहले निर्माण गरेका हुन् ।