प्राय जसो बिवादस्पद कुराहरुमा मौन बस्ने महानायक राजेश हमालले यस पटक भने नायिकाहरु रोजेका छन् । सबै आ-आफ्ना ठाँउमा राम्रो कलाकार छन् भन्ने हमालको यो रेडिमेट जवाफ यतिबेला फेरिएको छ । अर्थात उनले मन परेको र नपरेको छुट्याउन थालेका छन् ।
हमालले रेखा थापा र झरना बज्राचार्यलाई छोडे ऋचा घिमिरे र करिष्मा मानन्धरलाई रोजेका छन् । फ्राईडे म्यागजिनका लागी राजेशले दिएको एक अन्र्तवार्तामा उनले नेपाली चलचित्रकर्मीहरुको क्यामरामा भर पर्ने शैली बिफल भएको उल्लेख गरेका छन्। । क्यामराको माध्यमबाट कथा बताउने गरेको भन्दै उनले यस्तो बताएका छन् ।
नायक हमालले आफु धेरैनै ब्यक्तिगत जीवन जीउन चाहने ब्यक्ति भएको संकेत गरेका छन् । उनले नेपाली चलचित्रमा राम्रोसंग प्रबन्ध मिलाएर काम नहुने गरेको समेत उल्लेख गरेका छन् । अर्का नायक भुवन केसीसंग जीवन परिवर्तन गर्ने बारे सोधिएको प्रश्नमा भने उनले I Would consider it a bad deal भन्ने जवाफ दिएका छन् ।
नेपाली चलचित्र बलिउडबाट प्रभावित भैरहेको भन्ने खबरहरु हामीले पटक पटक सुनिरहेको अवस्थामा महानायकले आफु कलाकार भएका कारण राम्रो स्टोरी माग्ने बताएका छन् । उनका अनुसार बलिउडबाट नेपाली चलचित्र धेरै फरक छैन । चलचित्रमा नै आफु व्यस्त भएको बताउदै हमालले आफुले राम्रो काम गर्दा सम्म उद्योगमा रहने बताएका छन् ।