मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वमा भर्जिन लोकेशनको खोजी

अर्पण ढकाल, धरान, 2011/07/20

केहि महिना अगाडी नेपाली चलचित्रका लेखक एवं निर्देशक बिकाश आचार्य धरान र आसपासका क्षेत्रमा एक्सन कट गर्नमा ब्यस्त देखिए। उनि चलचित्र 'म तिम्रो भैसके' को छायांकनको लागि आफ्नो सुटिङ टोली सहित धरान आएका थिए ।

 

छायांकनको लागि पूर्वमा झण्डै दश दिन बिताएका बिकाश चलचित्रको लागि फ्रेश लोकेसन कैद गर्न पाएकोमा मक्ख देखिन्थे । दशैंको छेकोमा प्रदर्शन हुन लागेको चलचित्र 'म तिम्रो भैसके' मा पूर्वका विभिन्न रमणिय दृश्य देख्न पाइने छ । पूर्वकै निर्माता भिम लामाले पनि आफ्नो दोस्रो चलचित्र 'भेडीगोठ' को पचास प्रतिशत छायांकन पूर्वकै विभिन्न ठाउँहरुमा गरे । नब्बे प्रतिसत छायांकन पुर्वमै गर्ने योजनामा उनि रहे पनि मौसमले धोका दिदा उनको सो सपना पुरा हुन सकेन।


यसरी केहि बर्ष अगाडी सम्म चलचित्रको शून्य गतिबिधी हुने पूर्वमा अहिले भने चलचित्र छायांकनको क्रम बढ्न थालेको छ । पूर्वमा नेपाली चलचित्रलाई मन पराउने दर्शकको जमात देश भरमै सर्बाधिक रहेपनि चलचित्र सम्बन्धि अन्य गतिबिधी बिरलै हुने गर्दथ्यो । काठमाण्डौ, पोखरा अथवा एकै ठाउको लोकेसनमा खिचिएको चलचित्र हेर्दा दर्शक वाक्क भैरहेको अवस्थामा निर्माता निर्देशक आफ्नो चलचित्रको लागि भजिर्न लोकेसन खोज्न पुर्व आउने क्रम बढ्न थालेको छ ।


'म तिम्रो भैसके', 'भेडीगोठ' त उदाहरण मात्रै भए । पूर्वमा यतिबेला विभिन्न चलचित्रको छायांकन भैरहेको छ भने कतिपय चलचित्रहरुले आफ्नो छायांकन सकेर प्राबिधिक कामको लागि काठमाडौँ फर्किसकेका छन् । त्यस्तै धेरै अन्य चलचित्रहरु पनि  निकट भबिष्यमा छायांकनको लागि पुर्व आउने तयारी पनि गर्दैछन् । चलचित्रको अलावा टेलिफिल्म र म्युजिक भिडियोको छायांकन त दिनहूँ जस्तो भैरहेको छ । यतिबेला गोविन्द मोतेले निर्माण गरेको चलचित्र 'द फयूचर अफ नेशन' को दमक, पथरी र इलामका विभिन्न स्थानहरूमा छायांकन भैरहेको छ ।


निर्देशक दिपेन्द्र के. खनाल पनि आफ्नो आगामी प्रोजेक्ट 'काठमाडौँ नाइट' को पचास प्रतिशत छायांकन पुर्वमै गर्दै छन् । श्रीमान चलचित्र निर्माण गरेर चर्चामा आएका नायक कल्याण घिमिरे समेत आफ्नो अर्को चलचित्र 'धनवान' को छायांकन यतै गर्ने सोचमा छन् । प्रदर्शनमा आइसकेका 'बलिदान', 'ठुल्दाई', 'साथी', 'मेरो एउटा साथी छ', 'माटो', 'आवाज' लगायत अन्य धेरै ठुलो ब्यानरका चलचित्रहरुमा थोरै भएपनि पूर्वका विभिन्न स्थानका दृश्यहरु राखिएको थियो ।


धरान, भेडेटार, बसन्तपुर, तीनजुरे, लालिगुराँस, कोशी ब्यारेज, बेलबारी, सिमसार, इलाम, कन्यामको चियाबारी लगायतका आकर्षक ठाउँहरुमा चलचित्रको छायांकन हुने क्रम बढ्न  थालेको छ । नव गठित चलचित्र बिकाश बोर्डले समेत पूर्वमा छायांकनको लागि फिल्म स्टुडियो बनाउने योजना बनाएकोले यहाँका स्थानीय कलाकार, निर्माता र चलचित्रसँग  चासो राख्ने जो कोहिलाई केहि उत्साह यो निर्णयले प्रदान गरेको छ ।

 

निर्देशक बिकाश आचार्य आफ्नो अर्को चलचित्र पनि पुर्वमै छायांकन गर्ने बताउछन् । आफु पुर्वेलि नै भएको नाताले पनि यहाँ लुकेका सौन्दर्यलाई चलचित्र मार्फत बाहिर ल्याउने सोच रहेको उनले बताए । पूर्वकै एक अर्का कलाकार प्रेम सुब्बा पनि पुर्व प्राकृतिक सौन्दर्यको खानी रहेको स्वीकार छन् । यसरी चलचित्रको यो माहोल पूर्वमा बन्दा निर्माता निर्देशकले भजिर्न लोकेसन त पाएका छन् नै त्यसमाथि स्थानीय कलाकारले समेत राम्रो अवसर पाएका छन् ।