उत्पादन राम्रो गर्न सक्ने हो भने बजार माग आफै बढ्दै जाने छ । आफुले राम्रो उत्पादन नगर्ने अनि बजार नभएका कारण ब्यापार छैन भन्ने धेरै छन् यहाँ । चलचित्रकै कुरा गरौं । चलचित्रकर्मीहरु आफ्नो चलचित्र जस्तो भए पनि राम्रो छ भन्न छुटाउँदैनन् ।
त्यसो त नियमित रुपमा नेपाली चलचित्र हेर्दै आएका दर्शकहरुले नै चलचित्र प्रति नाक खुम्च्याएको पाइन्छ । अनि नयाँ दर्शक कहाँबाट आउने ? तर हरेक दृष्टिबाट राम्रा चलचित्र बन्ने हो भने ति चलचित्रलाई बजारको समसया देखिएको छैन । पछिल्लो समय ग्लोबल मार्केटिङको कुरा गरिरहे पनि काठमाडौकै कति चलचित्रले हलहरुले नेपाली चलचित्र चलाउँदैनन् । सुबिधा सम्पन्न हलहरुले नेपाली चलचित्र नचलाएर बिदेशी चलचित्र मात्र चलाउनुले नेपाली चलचित्रको स्थिति सुध्रन नसकेको संकेत गरिनै रहेको छ ।
कुरा काठमाडौ स्थित बिग सिनेमाको हो । यस अघि 'हाँसिदेउ एक फेर', 'स्वर' लगायतका चलचित्र बिग सिनेमामा पनि चलाउने भनेर भनिए पनि उक्त चलचित्रहरु चल्न सकेका थिएनन् । त्यसको केही समय पछि बिभिन्न शक्तिको आडमा चलचित्र शासन चलाइए पनि उक्त चलचित्र लामो समय सम्म टिक्न सकेन बिग सिनेमामा । गुणस्तरीय चलचित्रहरु मात्र चलाउने बताउदै बिदेशि चलचित्र मात्र चलाउदै आएको बिग सिनेमाले नेपाली चलचित्र 'के यो माया हो' भने चलाउने भएको छ । गुणस्तरीय नेपाली चलचित्र भन्दै बिग सिनेमाले चलचित्र 'के यो माया हो' चलाउन लागेको हो । खासगरी युवा पुस्ताको आर्कषणको केन्द्र मानिएको बिग सिनेममा चलचित्र 'के यो माया हो' चलाउनुका पछाडि यसको गुणस्तरीयता संगै कथावस्तुको पनि महत्वपूर्ण हात रहेको छ ।
पछिल्लो समय शहरमा बढ्दै गइरहेको लिभिङ्ग टुगेदरको कथा चलचित्रमा हेर्न सकिनेछ । लिभिङ्ग टुगेदरको कथा पछिल्लो पुस्ताले प्रत्यक्ष महशुस गरेको समस्या हो । त्यसो त यस भन्दा अगाडी 'मेरो एउटा साथी छ' बनाएर बिदेशि चलचित्रमात्र हेर्ने दर्शकहरुलाई पनि आफ्नो चलचित्रमा तान्न सफल निर्देशक सुदर्शन थापाको छविका कारण यो चलचित्र उत्कृष्ठ बनेको बिश्वास धेरैको छ ।
साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'के यो माया हो'मा आर्यन सिक्देल, अरूणिमा लम्साल, सौगात मल्ल, शुष्मा कार्की लगायतका थुप्रै चर्चित कलाकारहरूको अभिनय रहेको छ ।