मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र क्षेत्रलाई सरकारले धोका दियो : लामा

फिल्मीखबर, काठमाण्डौ, 2011/07/21

अग्रज चलचित्रकर्मी युवराज लामाले सरकारले चलचित्र क्षेत्रलाई धोका दिएको बताएका छन् । चलचित्र बिकाश बोर्डले समग्र चलचित्र क्षेत्रको मागलाई सम्बोधन गर्ने गरी १६ करोड ६५ लाख बजेट गर्दा सरकारले वेवास्ता गरेपछि लामा सरकार प्रति रूष्ट बनेका छन् ।

 

बोर्डका सल्लाहकार समेत रहेका लामाले पटक पटक सरकारका प्रतिनिधिलाई भेटेर कुरा गर्दा बजेट बिनियोजन गर्न सहमत भएको भए पनि अन्तमा सरकारले धोका दिएको बताए । बिकाश बोर्डले चलचित्रसंग सम्बन्धित बिभिन्न संघ संस्थासंग छलफल गरेर चलचित्र क्षेत्रको बृहत्तर हितका लागी उक्त रकम माग गरेको बताउदै लामाले बिभिन्न छायाँकन स्टुडियो बनाउने कुरा बजेटमा नै उल्लेख गर्ने आश्वासन समेत पाएको जनाएका छन् । बिकाश बोर्डले कहाँ कती रकम खर्च हुन्छ भनेर स्पष्ट पार्दै बजेट मागेको उनको भनाई छ ।

 

बिभागीय मन्त्री सहित पार्टिको उच्चपदस्त व्यक्तिलाई भेटेर पटक पटक दबाब दिएको जनाउदै उनले सरकारले हात गोडा बाधेर काम गर्न लगाएको जनाएका छन् । बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारीले चलचित्र क्षेत्रका लागी केही गर्छु अठोट लिएर अगाडी बढे पनि सरकार आफैले बजेट बिनियोजन नगरेर धोका दिई काम गर्ने बातावरण बिगार्न लागेको संकेत गरेका छन् ।


यता सरकारले पोखरालाई सिने नगरीको रुपमा बिकाश गर्ने कुराको स्वागत गर्दै उनले पोखरा आफैमा आधा सिने नगरी रहेको बताए । पोखरा प्राकृतिक सम्पदाले भरिपूर्ण रहेका कारण आधा सिने नगरी नै भएको उल्लेख गर्दै अब एउटा सुबिधा सम्पन्न छाँयाकन स्टुडियो बनाउने हो भने इन्डोर आउट डोर दुबै दृष्य खिच्न सहज हुने जनाएका छन् । छयाँकन स्टुडियो बन्दैमा सिने नगरी नबन्ने बताउदै लामाले चलचित्रका लागी आवश्यक पर्ने उपकरणहरु, सम्पादन स्टुडियो लगायत सम्पूर्ण कुराहरु पोखरामा नै बन्नु पर्ने जनाएका छन् ।


भारतको उदाहरण दिदै उनले त्यहाँको राजधानी दिल्ली भए पनि मुर्म्बईमा सिनेमा सम्बन्धि सम्पूर्ण कामहरु हुने भन्दै नेपालमा त्यहि अनुरुप पोखराको बिकाश गर्नु पर्ने जनाएका छन् । राज्य पनि केही लगानी गर्न तयार हुनु पर्दछ भन्दै लामाले त्यसमा निजी क्षेत्रको सहभागीता बढाउन पहल गर्नु पर्ने बताए ।