मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बजारलाई पनि कैंची

फिल्मीखबर, काठमाण्डौ, 2011/07/21

पछिल्लो समय एक पछि अर्को चलचित्रमा कैंची लगाएर कतै प्रशंसा त कतै आलोचना खेप्दै आएको सेन्सर बोर्डले फेरी अर्को चलचित्र माथी कैंची लगाएको छ । बुधबार सेन्सर गर्ने क्रममा बोर्डले चलचित्र 'बजार' मा पनि कैंची लगाएको छ ।

 

ब्रजेश खनानले लेखेको 'बजार' का ३ स्थानमा बोर्डले कैंची लगाएको हो । प्राप्त जानकारी अनुसार सडक बालकले प्रहरीलाई गाली गर्ने क्रममा बोलेको एक संवाद र खलनायकले नायिकालाई अभद्र ब्यबहार गर्ने क्रममा बोलेको अर्को संवाद सहित ३ संवादमा कैची लगाएको छ । द्वन्द निर्देशक एन बि महर्जनको निर्देशनमा बनेको चलचित्रमा सेन्सरले कैंची चलाएका संवादमा अब डिप म्युजिकको प्रयोग गरिने भएको छ ।

 

निर्देशक महर्जनका अनुसार उक्त संवादहरु चलचित्रको कथा अनुसार आवश्यक भएका कारण प्रयोग गरिए पनि सेन्सरले आपत्ती जनाए पछि डिप म्युजिकको प्रयोग गर्न लागिएको हो । द्धन्द्ध प्रधान भनीएको चलचित्र बजारलाई नायक अर्जुन कार्कीले निर्माण गरेका हुन् । चलचित्रमा नायक कार्कीका अलावा जयकिशन बस्नेत, अरुणिमा लम्साल, हेमन्त बुढाथोकी, दिनेश डिसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

त्यसो त चलचित्र बजारले करिब ६ महिना पछाडीको लागी प्रदर्शनको समय पनि तय गरिसकेको छ । नेपाली चलचित्रकर्मीहरुको चाडबाडमा चलचित्र चलाउन तछाड मछाड गर्ने प्रबृतिलाई यस चलचित्रले पनि निरन्तरता दिएको छ । अर्थात चलचित्र 'बजार' माघे सक्रान्तिको अवसर पारी पौषको २९ गतेबाट सार्वजनिक प्रदर्शन हुने समेत जनाइएको छ ।