मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीजमा सौभाग्य

फिल्मीखबर, काठमाण्डौ, 2011/07/22

चलचित्र सौभाग्यको सम्पादन कार्य बिहीबार साँझ सकिएको निर्माता केदार पराजुलीले जनाएका छन् । छायाँकन गर्नु पूर्व नै रिलिज डेट तय गरेकोले उक्त डेटमा चलचित्र प्रदर्शनका गर्नका लागि अहिले तिब्र गतिमा काम भईरहेको पराजुली बताउँछन् ।


जेष्ठ महिनामा छायाँकन गरिएको यो चलचित्र हरितालिका तीजको अवसर पारेर भाद्र ९ गते सार्वजनिक गरिने भएको छ । भदौ ९ आउन झण्डै एक महिना मात्र बाँकि रहँदा चलचित्र सौभाग्यको प्राबिधिक कामले तिब्रता पाएको स्पष्ट देखिन्छ । चलचित्रका निर्देशक गोबिन्द गौतमले दिएको जानकारी अनुसार झण्डै एक हप्ताको टाइट सेडुयलका साथ चलचित्रको डबिङ सुरु हुदैछ ।


यस अघि चलचित्र सिन्दुर निर्देशन गरि सकेका गोबिन्दले यो चलचित्र भने सिन्दुर जस्तो कमी कमजोरीको पोको नभएको बताएका छन् । सिन्दुर हेरे पछि आफ्ना गल्ती कमजोरीहरु आफैले महशुस गरेका कारण चलचित्र सौभाग्यमा त्यस्ता गल्ती कमजोरीहरु नदोहोरिएको उनको दाबि छ । एउटी महिलाका लागी पहिलो सौभाग्य सिन्दुर, पोते, चुरा अनि अर्को सौभाग्य आमा बन्नु रहेको स्मरण गर्दै गौतमले त्यहि बिषय बस्तुका बिचमा चलचित्र घुमेको बताएका छन् ।


तिजको अवसरमा चलचित्र प्रदर्शन गर्न लागीएको बारे स्पष्ट पादै निर्माता पराजुलिले चलचित्र पारिबारिक कथा भएको र यसमा महिलाको सेनटीमेण्ट बढी समेटीएका कारण नारीहरुको महान चाडको अवसर पारेको जनाएका छन् । त्यसो त चलचित्रमा एउटा तिजको गीत समेत रहेको जानकारी दिदै पराजुलीले चलचित्रको कथामा तिजको प्रसंग समेत जोडीएको बताएका छन् ।


राजेश हमाल, सुमन सिंह, आयुष रिजाल, झरना थापा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रमा बिकाश चौधरीको संगीत रहेको छ । राजु जंग थापाले कलाकारहरुलाई लडाउने काम गरेको चलचित्रको छायाँकन काठमाडौ, पोखरा र नारायणघाट लगायतका स्थानमा गरीएको थियो ।