मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

को बन्छ कलाकारको अडिसन शुरू

फिल्मीखबर, काठमाण्डौ, 2011/07/22

नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धि र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले सञ्चालित गोपीकृष्ण इन्टरटेनमेन्ट प्रा.लि.को टिभी फिल्मीले चलचित्रमा आबश्यक कलाकारको परिपूर्ती गर्न 'को बन्छ कलाकार ?' नामक कार्यक्रमको अडिसन शुरू गरिएको छ ।

नेपालगन्जको बागेश्वरी चलचित्र मन्दिरबाट सुदूर र मध्य पश्चिमाञ्चलको महेन्द्रनगर, धनगढी, नेपालगन्ज, सुर्खेतका प्रतिभावान कलाकारहरुको खोजी गर्दै अडिसन शुरू गरिएको हो । गोपीकृष्ण टिभी फिल्मीको अभियान स्वरुप डायनामिक इनर्जी ड्रिङक्स 'को बन्छ कलाकार ?' को लागी श्रावण ५ गते नेपालगन्जबाट शुरु भएको कलाकार खोजी अभियान श्रावण ७ गते बुटवलको मिलन चलचित्र मन्दिरमा हुँदैछ । यसैगरी श्रावण ९ गते पूर्णिमा चलचित्र मन्दिर पोखरामा, श्रावण ११ गते इन्द्रदेव चलचित्र मन्दिर नारायणगढ, श्रावण १४ गते पाथीभरा चलचित्र मन्दिर दमकमा र श्रावण २० र २१ गते नेपाल चलचित्र बिकास कम्पनी बालाजुमा हुने टिभी फिल्मीका स्टेशन म्यानेजर दयाराम पाण्डेले जानकारी गराए ।


उल्लेखित स्थानहरुमा नै पहिलो चरणको अडिसन लिई त्यसबाट छानिएकालाई काठमाडौ बोलाएर काठमाडौमा अन्तिम प्रतिस्पर्धा गराईने  टिभी फिल्मीकी प्रबन्ध निर्देशक निकिता श्रेष्ठले जानकारी गराईन् । भदौको पहिलो हप्ता देखि गोपीकृष्ण टिभी फिल्मीबाट प्रत्येक शुक्रबार र शनिबार प्रशारण हुने डायनामिक इनर्जी ड्रिङक्स 'को बन्छ कलाकार ?' को निर्णायक मण्डलीमा नेपालकी प्रथम नायिका भुवन चन्द, वरिष्ठ कलाकार मदन दास श्रेष्ठ तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष निर्देशक रमेश बुढाथोकी रहेका छन्  । यसैगरी यस कार्यक्रमको ब्राण्ड एम्बासडरमा निर्देशक निरक पौडेल, लोकप्रिय नायक राजबल्लभ कोईराला तथा लोकप्रिय नायिका युना उप्रेती रहेका छन् ।

 

'को बन्छ कलाकार' मा नायक , नायिका, खलनायक , हास्यकलाकार , चरित्र अभिनेता , चरित्र अभिनेत्री, बालकलाकार गरी सात बिधामा प्रतिस्पर्धा गराइने भएको छ । नेपालको पहिलो र एकमात्र फिल्मी च्यानल टिभी फिल्मीले प्रतिभा भएर अवसर खोजिरहेका व्यक्तिहरुलाई उचित मञ्च प्रदान गर्न यो अभिनय शुरु गरेको हो ।