हामीले कहिले कलाकारको समय नमिल्दा त कहिले मौसमले साथ नदिदा चलचित्रको सुटिङ अबरुद्ध भएको खबर सुनिरहेका छौ । त्यति मात्र कहाँ हो र सुटिङ सकेर बाँकी कामका लागी पैसा जुटाउन नसक्दा समेत चलचित्र थन्किन बाध्य छन् । अनि त्यो सँगै सुटिङ हुँदै गर्दा पैसा जुटाउन नसकेर त धेरै चलचित्र रोकीएका छन् । र, यस्तै भएको छ चलचित्र पार्टनरलाई पनि ।
सुटिङका लागी कुलेखानी जाँदा पैसा तिर्न नसकेर त्यहि गाडी नै बन्धकी राखेर काठमाण्डौ आएको चलचित्र पार्टनर त्यपछि हल न चल भएको छ । कुलेखानीबाट बल्ल बल्ल काठमाण्डौ आएको चलचित्रको युनिटले त्यस पछि बाँकी कामलाई अगाडी बढाउन सकेको छैन । प्राप्त जानकारी अनुसार निर्माताहरुको बिचमा कुरा मिल्न नसक्दा चलचिको बाँकी काम अगाढी बढ्न नसकेको हो ।
नायक, निर्माता जयकिशन बस्नेतले अर्को निर्माता मदनमान ताम्राकारलाई पार्टनर बनाएर यो चलचित्रको निर्माण गरेका थिए । तर पछिल्लो समय आफ्ना पार्टनरले आफैलाई धोका दिएको बस्नेतले बताएको स्रोतले जनाएको छ । यसबारेमा बुझ्न बस्नेतलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । तर बिश्वस्त स्रोत भन्छ, 'निर्माताहरुका बिचमा त्यस्तो बिबाद त छैन तर पैसा निकाल्न कोही तयार नहुँदा छायाँकन अबरुद्ध भएको हो ।'
निर्माण पक्षले निर्देशकलाई २०/२२ दिनमा जसरी पनि छायाँकन सुरु गर्ने बताएको जानकारी प्राप्त भए पनि आज सम्म उक्त चलचित्रको छायाँकन सुरु गर्ने कुनै संकेत देखिएको छैन । निर्देशक एन बि महर्जनले अब यो चलचित्रको छायाँकन सुचारु नभए अर्को चलचित्रमा काम गर्ने मनस्थिती बनाएको बताउदै स्रोत भन्, 'चलचित्रको बाँकी छायाँकन सुरु हने संकेत छैन ।'
जयकिशन बस्नेत, रेजिना उप्रेती, अर्जुन कार्की, सुनिल थापा, दिनेश डिसी, दिनेश शर्मा लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा चेतन सापकोटा र मनोजराज भण्डारीको संगीत रहेको छ ।