हामीले अपराधका खबरहरु त धेरै नै सुनेका छौ । अपराधका श्रृखलाहरु धेरै नै हेरेका छौ । तर ति अपराधका खबरहरु हत्या, हिंसा, लुटपाट वा राज्य व्यवस्था
परिवर्तनको मागसंग सम्बन्धित रहने गर्दथे । तर यि भनदा फरक मानिसका बिचार माथी कसरी अपराध हुन्छ भन्ने कुराहरु पनि हामीले हेर्न पाउने भएका छौ ।
समाजमा, घर परिवारमा एउटा व्यक्तिमा कसरी अपराधिक मानसिकता पलाउछ । आफ्ना बाबु आमाकै कारण सन्तान कसरी अपराध कर्ममा लाग्छ भन्ने कुरा देखाउन चलचित्र नै बन्दै छ । प्रसिद्धी सिने मेकर्सको ब्यानरमा बन्दै गरेको चलचित्र अपराधमा माथि उल्लेखित कुराहरु समेटिएको छ । शुक्रबारबाट छायाँकन प्रारम्भ गरिएको चलचित्रको निर्देशन योगेश रायमाझिले गरीरहेका छन् ।
चलिआएको नेपाली चलचित्र भन्दा अलिकती फरक बनाउने दाबि गर्दै योगेशले अहिलेको जेनेरेशनले खोजे जस्तै चलचित्र बन्ने बताएका छन् । युवा पुस्ताले पछिल्लो समय मुलधारमा निर्माण भएका चलचित्रलाई त्यति नरुचाएको बताउदै योगेशले आफ्नो चलचित्र त्यो भन्दा केही फरक हुने जनाएका छन् । डिक खड्काले निर्माण गर्ने चलचित्र अपराधमा शुशिल क्षेत्री, जेसिका खड्काका साथै नब नायक अनुप शाहको मुख्य भुमिका रहेको छ । देवी रुवालीले पहिलो पटक ठुलो पर्दाका लागी यो चलचित्र लेखेका हुन् ।
चलचित्रमा नायक, स्कृप्ट राइटर मात्र हैन संगीतकार पनि नयाँ नै छन् । तीन वटा गीत रहने यो चलचित्रको एउटा गीतमा प्रकाश बस्नेत र अरु २ गीतमा मनोज सिंहको संगीत रहने छ । गोबिन्द प्रभातको नृत्य निर्देशन तथा हिमाल केसीको द्धन्द्ध चलचित्रमा रहने छ । काठमाडौका बिभिन्न स्थानमा छायाँकन गर्ने भनीएको यस चलचित्र २५-३० दिनमा खिचेर सकिने निर्देशकले जनाएका छन् । गणेश श्रेष्ठले खिच्ने चलचित्रको बजेट औषत नेपाली चलचित्रकै हाराहारीमा भएको निर्देशक योगेशले बताएका छन् ।