युवानिर्देशक सुदर्शन थापा अहिले निकै खुसी छन् । सायद यति धेरै खुसी उनी जीवनमा पहिलो पटक हुँदैछन् भन्दा पनि फरक नपर्ला । नेपाली चलचित्र उधोगको विकासका लागी आफ्नो तर्फबाट योगदान दिने प्रयास गरेका यि निर्देशकको खुसीको कारण के होला त ?
दुई बर्ष अघिको चलचित्र 'मेरो एउटा साथी छ' निर्देशन गरेर सर्वत्र चर्चा पाएका सुदर्शन अहिले पुन: चर्चामा छन् । हो, यि निर्देशकले निर्देशन गरेको पछिल्लो चलचित्र 'के यो माया हो' प्रदर्शनको तयारीमा छ । लभस्टोरी चलचित्र निर्देशन गरेर युवा दर्शकको ध्यान तन्न सफल सुदर्शनको यो चलचित्र नेपालकै व्यस्त तथा ठूलो हल 'बिग सिनेमा' मा प्रदर्शन हुँदैछ । जुन सिनेमा घरमा हिन्दी र अंग्रजी चलचित्र मात्र चलाईंदै आएको छ । यसरी हिन्दी र अंग्रेजी चलचित्र चलाउने देशकै ठूलो हलमा आफ्नो चलचित्र प्रदर्शन हुने भएपछि सुदर्शनको खुसी चुलिएको हो ।
सुदर्शन मात्र हैन यसअघि चलचित्र सासन चलाएर तर्सिएका बिग सिनेमाका नेपाल प्रमुख भरत पनि निकै खुसी छन् । उनी भन्छन्, 'यस्तो खालको नेपाली चलचित्र चलाउन पाउँदा हामी पनि खुसी छौं ।' शनिबार साँझ बिग सिनेमाम भेटिएका निर्देशक थापा आफ्नै चलचित्रको पोस्टर हेर्नमा व्यस्त देखिन्थे । शनिबारबाट नै बिग सिनेमाको बक्स अफिस र अन्य दुई स्थान गरेर ४ स्थानमा पोस्टर Coming soon... भनेर राखिएको छ भने बिगत ६ दिने देखी बिग सिनेमामा प्रोमो पनि देखाईएको छ ।
भनिन्छ परिश्रमको फल मिठो हुन्छ । निर्देशक थापा अहिले आफ्नो कडा परिश्रमको फल चाख्ने तयारीमा छन् । बिग सिनेमामा आफ्नो चलचित्रले प्रवेश पाउनु भनेको चलचित्र क्षेत्रले नै प्रवेश पाउनु हो भन्दै सुदर्शन आफ्नो २० महिनाको मेहनतको फल पाएको अनुभव गर्छन् । १९ गते बिग सिनेमामा चलचित्रको रेड कार्पेट प्रिमियर गरेर २० गते सार्वजनिक गर्न लागिएको सो चलचित्र र युनिटलाई हाम्रो शुभकामना !