चलचित्र क्षेत्रमा कसैको मानसम्मान तथा इज्ततमा नै दाग लाग्ने गरेर चलाईने हल्लाले चलचित्रकर्मीहरु आजित भैसकेका छन् । चलचित्रको पर्दामा झुटो हल्ला चलाएर पात्रलाई अप्ठारो स्थितिमा पारेको त हामीले धेरै नै हेरी सकेका छौ । र, पछिल्लो समय कलाकारहरु यस्ता हल्लाहरुको शिकार पर्दा बाहिर भएको पनि हामीले देखेका छौ ।
खासगरी पछिल्लो समय नायिकाहरुको बिबाहको प्रंसगा कारण उनिहरु तनाबमा देखिन्छन् । एउटीको हल्ला अलि साम्य हुन्छ अनि अर्की नायिकाको हल्ला चलिहाल्छ । यो क्रमले निरन्तरता पाइरहेको छ चलचित्र क्षेत्रमा । अबिबाहित नायिकाहरुलाई बिबाहित नायिका भएको भनेर हल्ला चल्दा आफ्नो पारिवारिक जीवनमा अप्ठारो पर्ने नायिकाहरुले बताउदै आएका छन् । केही समय अघि नायिकाद्धय सुष्मा कार्की र सुमिना घिमिरेको बिवाह हल्लाका कारण तातेको चलचित्र क्षेत्र यि हल्ला सेलाउन नपाउदै अर्की नायिकाको बिबाह हल्लाले तात्न थालेको छ ।
चलचित्र इन्द्रेणीबाट अभिनय यात्रा प्रारम्भ गरेकी नायिका नन्दिता केसीलाई अहिले आफ्नो बिबाहको हल्लाले तनाब दिएको छ । चलचित्र क्षेत्रकै ब्यक्तिसँग नायिका केसीको बिबाह भएको हल्ला चल्दा साथ नायिका तनाबमा देखिएकी हुन् । शिब रेग्मीको निर्देशनमा बनिरहेको चलचित्र 'पराई' को सुटिङमा कास्कीको धम्पुस रहेकी यि नायिकाले त्यहिबाट टेलिफोन सम्पर्कमा आफ्नो बिबाह नभएको बताएकी छन् । नन्दिताले आफू आकाशबाट नझरेको बताउदै मान्छे भएर मान्छेले गर्नु पर्ने हरेक संस्कार आफुलाई थाहा भएको बताएकी छन् । आफ्नो पनि घर परिबार भएको भन्दै नन्दिताले परिबारले सिकाएको बिबाह संस्कार आफुले पालना गर्ने बताएकी छन् ।
आफ्नो बिबाह धुमधामका साथ सम्पन्न गर्ने इच्छा ब्यक्त गर्दै नन्दिताले त्यो बिवाहमा सम्बन्धीत सबैलाई निम्ता गर्ने जनाएकी छन् । उनले बिशेष गरी सञ्चारकर्मीहरुलाई बिवाहमा निम्ता दिने बताउदै आफ्नै आँखाले हेरेर बिबाहको संग कहिले र कसरी भएको हो लेख्न आग्रह गरेकी छन् । आफ्नो इज्जत राख्न आफुले जानेको बताउदै नन्दिताले इज्जत गर्न नसके झुटो हल्ला चलाएर बेइज्जत नगर्न समेत आग्रह गरेकी छन् ।
एक पछि अर्को चलचित्रमा ब्यस्त नन्दिताले आफु झुटो हल्लाको पछाडी नदौडिने समेत बताईन् । उनले आफुलाई कसैसंग जोडिएरहिड्न जरुरी नभएको बताउदै आफ्नो नाम अरुसंग नजोड्न समेत आग्रह गरेकी छन् । नन्दिताले यस्ता हल्ला चलाउनेलाई नेपाली समाज र संस्कृतीको सम्मान गर्दै हाम्रा मुल्य मान्यता रितीरिवाज र परम्परालाई ध्यान दिन आग्रह गरेकी छन् ।
मिति : २०८१ मंसिर ११, मंगलवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
नन्दिताको बिबाहमा सबैलाई निम्ता
बिष्णु सुवेदी, काठमाण्डौ, 2011/07/24
- विपिन र मिरुना स्टारर ‘ऊनको स्वीटर’ बैशाख २६ लाई निश्चित
- सौगातको ‘बम बहादुर’ पुष ५ मा आउने, यस्तो छ टिजर
- ‘एक्टिङ स्टार’का विजेताले फिल्म खेल्न पाउने
- ‘कल्ली’का निर्देशकलाई पलको चुनौती- ‘प्रमाण छ भने कसले मसँग काम गर्न मानेन भन्नुस्’
- डबल ह्याट्रिकपछि अब ‘पहाड’मा विपिन र वर्षा
- फेरि सर्यो पल र दीपिकाको ‘मायावी’, अब महाशिवरात्रिमा
- गरिमा शर्मा : ‘लण्डन टू पेरिस’मा कमजोर, ‘ह्रस्व दीर्घ’मा झिनो सुधार
- बक्स अफिसमा ‘तेल भिसा’ औसत, ‘अग्निदहन’ नाजुक
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना