मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली चलचित्र प्रति सकारात्मक बिग सिनेमा

फिल्मीखबर, काठमाण्डौ, 2011/07/24

नेपालकै ठूलो मल्टिप्लेक्स हल मानिएको बिग सिनेमाले नेपाली चलचित्रलाई पनि बिशेष प्राथमिकतामा राख्ने बिग सिनेमा नेपालका अप्रेशन म्यानेजर भरत सिंह राजपुतले बताएका छन् । बिश्वका सात मुलुकमा आफ्नो शाखा बिस्तार गरेको यस कम्पनीले नेपाली चलचित्रलाई प्राथमिकता दिनुलाई सकारात्मक रूपमा हेरिएको छ ।

 

गत बर्षको माघ महिनामा लोकेन्द्र कार्कीको चलचित्र 'शासन' प्रदर्शन गरेर राम्रो प्रतिक्रिया नपाएको बिग सिनेमाले गुणस्तरिय नेपाली चलचित्रलाई स्वागत गर्ने अप्रेशन म्यानेजर राजपुत बताउँछन् । उनी भन्छन्, 'स्टार कास्ट, लोकेशन, मेकिङ तथा प्रिजेन्टेशन हेरेर हामी नेपाली चलचित्र चलाउन सधैं तयार छौं ।' पछिल्लो समयमा नेपाली चलचित्रको गुणस्तरमा बृद्वी भईरहेको र आगामी दिनमा पनि हुने आशा राखेको बताउँदै राजपुत त्यस्ता सिनेमालाई आफूहरूले पनि प्राथमिकता दिने बताए ।

 

काठमाण्डौ र सरकारले फिल्मी नगरी बनाउन लागेको पर्यटकिय क्षेत्र पोखरामा आफ्नो शाखा बिस्तार गर्न लागेको जानकारी दिंदै राजपुतले बिशेष गरी बिग बजेटका हिन्दी र अंग्रेजी चलचित्र नआएको बखतमा नेपाली चलचित्रलाई प्राथमिकता दिने बताए । व्यवसायिक हिसाबले नै सिनेमा हल सञ्चालन गरेको हुनाले पनि आफ्नो व्यवसायलाई असर नपर्ने गरेर नेपाली चलचित्र रिलिज गर्ने उनको भनाई थियो ।

 

केहि महिना अगाडी हाँसि देउ एक फेर नचलाएर आलोचित भएको बिग सिनेमा नेपाल अब भने आलोचित हुने पक्षमा छैन । त्यसैले आईतवार मात्रै सुदर्शन थापा निर्देशित चलचित्र 'के यो माया हो' र बिग सिनेमा नेपाल बिच चलचित्र चलाउने कागजी सम्झौता भएको छ । आगामी २० गते रिलिज हुन लागेको चलचित्र 'के यो माया हो' बाट राम्रो प्रतिक्रिया पाउने आश राखेको बताउँदै  राजपुतले शंकर घिमिरे निर्देशित चलचित्र 'ब्रेक फेल' चलाउने कुरा पनि भईरहेको बताए । उनले भने, 'ब्रेक फेल चलाउन प्रपोजल आएको छ र अहिले हामी छलफलमा छौं ।'