मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

औद्योगिक मान्यता दिने प्रस्ताव पारित

फिल्मीखबर, काठमाण्डौ, 2011/07/25

नेपाली चलचित्र क्षेत्र ५ दशक पार गरिसक्दा पनि उधोगमा रूपान्तरण हुन नसकिरहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघले यस बिषयलाई अहिले आएर एजेन्डाका रुपमा अनुमोदन गरेको छ ।

 

आइतबार बसेको महासंघको कार्यसमिती बैठकमा नेपाली चलचित्रलाई औद्योगिक मान्यता दिनुपर्ने मागलाई मुख्य एजेन्डा बनाएर सो प्रस्तावलाई सर्वसम्मतीले पारित समेत गरेको छ । महासंघका सदस्य तथा संस्कृति तथा मनोरन्जन विकास फोरमका सभापति अशोक शर्माले नेपाली चलचित्रलाई औद्योगिक मान्यता दिनुपर्ने मागलाई मुख्य एजेन्डा बनाएर प्रस्ताव गरेपछि सो प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।

 

महासंघले बैठकबाट अशोक शर्माको संयोजकत्वमा सात सदस्यीय समिति समेत गठन गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघको मातहतमा रहने सो समितीमा चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल, निर्माता संघका उपाध्यक्ष उदय सुब्बा, डिसिएनका अध्यक्ष नकिम उद्दिन, निर्माताद्वय छवि ओझा र नवल खड्का, पत्रकार प्रदीप भट्टराई तथा संगीत उद्योग संघका अध्यक्ष भगवान श्रेष्ठ रहेका छन् ।