मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेशका पनि बाउ शिब

फिल्मीखबर, काठमाण्डौ, 2011/07/25

अभिनेता राजेश हमाललाई कुनै कार्यक्रममा निमन्त्रणा गर्दा तोकिएको समयमा पुग्लान् भन्ने आश नराखे पनि हुन्छ । चलचित्रको छायाँकन होस् या कुनै औपचारिक तथा अनौपचारिक कार्यक्रम होस् राजेश कहिल्लै समयमा पुग्न जानेका हुँदैनन् । जसले गर्दा निर्माता देखि निर्देशक तथा आयोजकहरू राजेशको बानि देखेर दिक्क मानेका हुन्छन् ।

 

प्राय चलचित्रको सुटिङमा ढिला पुग्ने हमालले काम भने समयमा नै गर्छन् तर युनिट उनलाई कुर्दा कुर्दा हैरान भईसकेको हुन्छ । अभिनेता हमालको यो बानी धेरैलाई थाहा छ तर उनका पनि बाउ छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । को होलान् त राजेशका पनि बाउ ? पक्कै पनि चासो लागेको हुनुपर्छ । निर्धारित समय भन्दा ढिला आउने अर्का कलाकार हुन् शिब श्रेष्ठ । अभिनेता श्रेष्ठ राजेश भन्दा पनि ढिला कार्यक्रममा उपस्थित हुने गरेकाले उनलाई राजेशको बाउ भनेर चिनिन थालिएको छ ।

 

झट्ट सुन्दा पत्यार नलाग्न सक्छ तर सत्य सधैं सत्य नै हुन्छ । सोमबार चलचित्र 'पुरानो हुदैन माया' को सुटिङका लागि शिबलाई युनिटले १० बजे तिर बोलाएको थियो तर उनी सो समयमा उपस्थित भएनन् । पुरानो कलाकार भएको नाताले उनको सम्मान स्वरूप युनिटले पहिलो सट नै शिबको लिने योजनामा रहेको थियो । त्यसैले पनि उनलाइ कुर्नुको विकल्प थिएन । तर शिबलाई कुर्दा कुर्दा निर्देशक, कलाकार, प्राबिधिकहरू मात्र हैन सञ्चारकर्मी पनि आजित भईसकेका थिए । बाटोमा ट्राफिक जामको पुरानो भनाईलाई निरन्तरता दिंदै शिब साईराम भन्दै ठिक डेढ घण्टा ढिला सुटिङ स्पटमा आए ।

 

शिब आउने बित्तिकै उनलाई मेकअप गर्न लगाईयो र चलचित्रको मुहुर्त गर्ने तरखर गरियो । तर फेरि काम समयमा हुन सकेन । शिबले जस्तै बत्तिले पनि युनिटलाई धोका दियो । त्यसपछि त युनिटको मुड झन् अफ देखिन थल्यो । तर पनि धर्य गर्न नेपाली बानी परेकाले थप आधा घण्टा धैर्य गरेर सवा १२ बजे मात्र मुहुर्त गरियो । हतार हतार मुहुर्त गरेपछि युनिटले आफ्नो काम धमाधम शुरू गर्‍यो ।