मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाइरेसी गर्नेलाई कारबाही होला ?

बिष्णु सुवेदी, काठमाण्डौ, 2011/07/26

हामीलाई थाहा छ नेपाली चलचित्रले सोचे अनुरुपको ब्यापार गर्न सकिरहेको छैन । चलचित्रको खस्कदो ब्यापारका कारण प्रायः निर्माताको लगानी उठ्न सकेको छैन । यो बेला चलचित्र पाइरेसीले झनै मारमा परेका छन् चलचित्रकर्मीहरु ।


केही समय अघि हलमा चल्दै गरेका चलचित्रहरु बजारमा भेटिए । अनुसन्धान गर्दै जादा हलकै कर्मचारीले पाइरेसी गरेको पत्ता लाग्यो । पाइरेसी गरेर यु ट्यूबमा समेत चल्दै गरेका चलचित्र राखीए । पटक पटकको पाइरेसी पिडा पछि केही दिन अघि मात्रै अनलाइन पाइरेसी रोक्न चलचित्र निर्माता संघले निर्देशक कलाकार आकाश अधिकारीको संयोजकत्वमा एउटा समिती नै बनायो । यता चलचित्र बिकाश बोर्डले पनि पाइरेसीका कारण निर्माता मारमा परेको स्विकार गर्दै बोर्ड सदस्य मौसमि मल्लको संयोजकत्मा पाइरेसी रोकथाम तथा अनुसन्धान गर्न समिती बनायो ।


चारै तिर चलचित्र पाइरेसी भै रहेको हल्ला चलीरहदा चलचित्र बिकाश बोर्डको पाइरेसी रोकथाम समिती र श्रब्य दृष्य उद्यमी संघले प्रहरीको सहयोगमा बजार अनुगमन गरीरहेको छ । अनुगमनकै क्रममा मध्यपुर ठिमीका ४ जनालाई रंगेहात पक्रन समेत सफल भएको छ । सोमबार महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा बिभिन्न डिभिडी पसलमा छापा मार्दा चलचित्र पाइरेसी गर्दै गर्दाको अवस्थामा ४ वटा पसलमा यस्तो क्रियाकलाप भएको पाइएको हो ।


यसरी पक्राउ पर्नेहरुमा बिजेश्वर श्रेष्ठ, किरण श्रेष्ठ, रबिन्द्र श्रेष्ठ र चन्द्रबहादुर श्रेष्ठ रहेका छन् । छापा मार्ने क्रममा चन्द्र बहादुर श्रेष्ठको सिजी इलेक्ट्रोनिक्सबाट बिभिन्न नयाँ नेपाली चलचित्रको पाँच सय एक थान डिभिडी बरामद गरीएको छ । यस्तै रबिन्द्रको आरएस भिडियो सेन्टरबाट बिभिन्न नयाँ नेपाली चलचित्रको एक सय अन्ठाउन्न थान डिभिडी बरामद गरीएको छ  भने बिजेश्वर श्रेष्ठको भिडियो पार्लरबाट पाइरेसी गर्दै गर्दा भेटीएको एक थान कम्प्युटर सहित दुई दर्जन नेपाली चलचित्रको एक सय नौ थान डिभिडी बरामद गरीएको छ । यस्तै किरणको आरसी अडियो भिडीयो पसलमा चलचित्र कपी गर्दै गरेको एक थान कम्प्यूटर सेट सहित तिन सय एघार वटा डिभिडी नियन्त्रणमा लिइएको छ ।


यसरी नियन्त्रणमा लिइएको सम्पुर्ण सामानहरु र ब्यक्तिहरु प्रहरीको जिम्मा लगाइएको छ । श्रब्य दृष्य उद्यमी संघका अध्यक्ष शमशेर श्रेष्ठका अनुसार नियन्त्रणमा लिइएकाहरुलाई प्रतिलिपी अधिकार ऐन अर्न्तगत कारबाही गरीने छ भने चलचित्रलाई के कती नोक्सानी भएको हो अनुसन्धान गरेर क्षतिपूर्ती दिईने भएको छ ।