मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चारको भिडन्त निश्चित

फिल्मीखबर, काठमाण्डौ, 2011/07/27

यसै त चलचित्रले रामो व्यापार गर्न सकिरहेको छैन । त्यसमाथी चलचित्रहरु एकसाथ रिलिज हुँदा त्यसले व्यापारमा असर पक्कै गर्दछ । तर पनि चलचित्रहरु जुध्ने क्रम छुटेको छैन । एक त हप्तै पिच्छे नयाँ नयाँ चलचित्रहरु रिलिज भै रहेका छन् । त्यसमा पनि दुई वटा भन्दा बढी चलचित्रहरू एकै दिन रिलिज भएको अवस्था छ ।


सिमित बजारमा एकैदिन धेरै चलचित्र रिलिज हुँदा चलचित्रकर्मीले स्विकार नगरे पनि व्यापारलाई असर गर्छ नै । राम्रा चलचित्रले राम्रो व्यापार गरोस् हाम्रो कामना छ । तर एउटै डेटमा उस्तै प्रकृतिका चलचित्र रिलिज हुने क्रम भने जारी नै छ । यहि साउन २० गतेबाट चार वटा चलचित्रहरु के यो माया हो, हात लाग्यो शुन्य, तँ त साह्रै सप्रिस नि बद्री र सन्देश रिलिज हुँदैछन् । यसरी एउटै डेटमा चारवटा चलचित्र रिलिज हुनु न निर्माताको लागि फाईदा हो नत कलाकार र चलचित्र उधोगका लागि ।
 


यसअघि चलचित्र 'मेरो एउटा साथी छ' को निर्देशन गरेर चर्चा बटुलेका निर्देशक सुदर्शन थापाले निर्देशन गरेको चलचित्र 'हो के यो माया हो' । शहरमा मौलाउदै गएको लिभिङ्ग टुगेदरको परिवेश समेटीएका कारण यो चलचित्र मौलिक भएको निर्माण पक्षले दाबि गरीरहेको छ । त्यसो त चलचित्र 'के यो माया हो' को प्रोमो र गीतका कारण पनि अहिले यो चलचित्र चर्चामा छ । चलचित्रमा अरुणिमा लम्साल, सुस्मा कार्की, सौगात मल्ल र आर्यन सिग्देलको प्रमुख भुमिका रहेको छ ।

 

यस्तै सोही मितिमा चल्ने दुई चलचित्र 'हात लाग्यो शुन्य' र 'तँ त साह्रै सप्रिस नि बद्री' कमेडी बेसका चलचित्ररु हुन् । महानायक राजेश हमालको फरक गेट अपका कारण चलचित्र 'हात लाग्यो शुन्य' चर्चामा छ । चलचित्रमा मधेसी कन्जुस पात्रको भुमिकामा महानायक हमाल देखिएका छन् । बिजय बिक्रम बस्नेतको निर्देशनमा बनेको यो चलचित्रमा शुभेच्छा थापाले बैश बेचेको कुरा पनि चर्चामा नै छ । त्यसो त कमेडी नै भए पनि अर्को चलचित्र 'तँ त साह्रै सप्रिस नि बद्री' को चर्चा भने खासै छैन । नायक जयकिशन बस्नेतले निर्माण गरेको यो चलचित्र बस्नेत क्याम्पमा नै घुमेको छ । अर्थात यो चलचित्रलाई शोभित बस्नेतले निर्देशन गरेका हुन् भने जयकिशन बस्नेत त रेजिना उप्रेतीको मुख्य भुमिका रहेको छ ।
 


यता आज भन्दा केही वर्ष अगाडी नै मोफसलमा प्रदर्शन भईसकेको चलचित्र 'सन्देश' पनि काठमाडौमा चल्दैछ । चलचित्र सन्देशलाई प्रमोद भण्डारीले निर्देशन गरेका हुन् । तर मोफसलको असन्तोष ब्यापारका कारण बजारमा चलचित्र सन्देशको चर्चा पनि खासै छैन । क्यू सिस्टमबाट आएको चलचित्र सन्देशमा बिराज भट्ट, रेखा थापा, मुरालीधर, शुसिल क्षेत्री, सोभिता सिंखडा, रेजिना उप्रेती लगायतका कलाकारले अभिनय गरेका छन् ।



जे जस्तो भए पनि आफ्नो चलचित्रले राम्रो व्यापार गर्ने आत्मबिश्वासका साथ चलचित्र रिलिज गर्न लागेका चलचित्रकर्मीको सपना पुरा होस् हाम्रो शुभकामना !