मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केही त बोल निखिल ...

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/07/30

एउटा उखानै छ नि 'दुई जोईको पोई कुना पसी रोई' । हो यस्तै भएको छ एक्सन नायक निखिल उप्रेतीलाई । एक वर्ष अघि सम्म नेपाली चलचित्रमा एक छत्र राज गरिरहेका निखिल उप्रेती अहिले भने कुन कुनामा पसेर रोएका छन् कसैलाई थाहा छैन ।


हुन त हामीले निखिलका चलचित्रमा धेरै नै आर्दशका कुरा गरेको देखेका छौ । तर चलचित्रमा जस्तो ब्यवहारमा त कहाँ हुन्छ र ? निखिलले पर्दामा देखाएको जस्तो आदर्श वास्तविक जीवनमा भने प्रस्तुत गर्न सकेनन् । बुद्धि जती नै भए पनि बेला बखत मनले बुद्धिलाई जीत्ने गर्दछ अनि मान्छे आर्दशमय जीवनबाट केही तल गिर्ने गर्दछ । हुन त नायक निखिलले आफु नायिका सञ्चितालाई काखि च्यापेर मुर्म्बई गए लगत्तै समाचारपत्र दैनिकलाई पत्र लेख्दै आफ्नो जीवन नर्क भएको उल्लेख गरेका थिए । कतै निखिल अहिले आफुले भने जस्तै नरकिय जीवन बिताउन बाध्य भएका त छैनन् ?


मुर्म्बई लिएर गएकी नायिका सञ्चिता गर्भवती भए पछि निखिललाई त्यहि छोडी कहिले निखिलको गृह जिल्ला र्सलाही गएर बसिन् त कहिले काठमाडौ । तर जब निखिल केही अघि काठमाडौ आए पछि भने निखिलका दुई श्रीमतीको झगडा चुलिएको छ । त्यो पनि अप्रत्यक्ष रुपमा फेसबुकबाट । निखिल काठमाडौ आए लगत्तै जेठी श्रीमती कोपिलासंग बसेको हल्ला चल्यो । यता सञ्चिताले भने निखिल कोपिलाकोमा नभएर दिदीको घरमा बसेको बताईन् ।


निखिल काठमाडौ आउनुको कारण आफु गर्भवती भएको र आफ्नो हेरचाहका लागी र चलचित्रको डबिङका लागि आएको सञ्चिता बताउँछिन् । तर कोपिलाले भने निखिल आफ्नो मात्र श्रीमान् भएको बताउदै आएकी छन् । यसरी दुई श्रीमतीको झगडाको बिचमा परेका निखिल भने चुपचाप बसीरहेका छन् । दुई वटा बिवाह गरे पछि दुबैलाई मिलाएर लानु पर्ने निखिलको कर्तव्य हो तर उनी कर्तव्य बिमुख भएर चुपचाप छन् । समयले आफै बताउछ भन्ने निखिलको त्यो समय अहिले सम्म आएको रैन छ की कसो ? उनि यो मामलामा केही बोल्न चाहन्नन् ?


एका तिर कोपिला र छोरा अर्का तिर गर्भवती सञ्चिता । निखिललाई यतिबेला जेठी छोडु घरबार जान्छ कान्छी छोडु माया लाग्छ भने जस्तै भएको होला । तर यो मामलाका निर्णायककर्ता निखिल नै हुन् । गर्भवती श्रीमतीको आवश्यक हेरचाह गर्नु एउटा श्रीमानको कर्तव्य हो तर निखिलले त्यसो पनि गर्न सकेका छैनन् । धन्न सञ्चितालाई निखिलको घर परिवारको साथ छ नत्र भने सुत्केरी बन्न लागेको आमाको अवस्था कस्तो हुन्थ्यो होला ? सञ्चिताको माईती भए पनि यो बेला घरपरिवार र श्रीमानको साथ कै आवश्यकता हुन्छ तर श्रीमान भने आफ्नै दुनियाँमा छन् । उनलाई अहिले दुई श्रीमतीको नभएर आफ्नै भविष्यको चिन्ता छ ।


निखिलले नेपालबाट सञ्चितालाई लिएर मुर्म्बई गए पछि त्यहाँ संघर्ष गर्दै गर्दा खेलेको धनलक्ष्मी यन्त्रले धनको बर्षा गराउनु पर्ने हो बिज्ञापनमा उनले भने जस्तै गरेर । तर दुर्भाग्य त्यहि बिज्ञापन खेले वापत उनलाई मुद्वा पनि लाग्यो र धनको बर्षा पनि भएन । दुई श्रीमतीको झमेलामा परेका निखिललाई यो धनलक्ष्मी यन्त्रले दशा निम्ताएको छ । उनि यहि बिज्ञापन खेले बापत ठगी मुद्धामा परेका छन् । उपभोत्ता मञ्चले उनलाई ठगी प्रकरणमा सघाएको भन्दै प्रहरीमा उजुरी दिएको छ ।


एकातिर घर ब्यबहारको तनाब अर्कातिर ठगी मुद्धा सायद निखिल अहिले कुनै कुनामा बसेर रोएको हुनु पर्ने अनुमान धेरैको छ । जे भए पनि दुई श्रीमतीको कुरा चाहिँ के हो त ? केही त बोल निखिल...