मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फुटको संघारमा निर्देशक समाज

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/07/30

अध्यक्ष पद त्यागेर भए पनि निर्देशक समाजलाई फुट्नबाट बचाउने अध्यक्ष केपी पाठकले बताएका छन् । पछिल्लो केही दिन यता उपाध्यक्ष बिमल पौडेलसँग जुँगाको लडाईं परे पछि समाज फुट्न लागेको हल्ला चलचित्र क्षेत्रमा चलिरहँदा पाठकको यस्तो प्रतिक्रिया आएको हो ।


पछिल्लो समय पाठकले चलचित्रको बर्गीकरण सम्बन्धमा बिकाश बोर्डले गरेको प्रस्ताबमा ठाडै असहमती जनाए पछि अध्यक्ष र उपाध्यक्षको बिचमा जुँगाको लडाईं चलेको हो । पाठकको भनाईमा चलचित्र भनेको प्रस्तुती र कथाबस्तुका आधारमा उत्कृष्ठ ठहरिन्छ । चलचित्र बिकाश बोर्डले प्रबिधिलाई आधार मानेर चलचित्रको बर्गीकरण गर्ने प्रस्ताव अगाडी सारे पछि असन्तुष्ट देखिएका पाठकले निर्देशक समाजमा त्यसको मस्यौदा नआईपुगेका कारण निर्देशकहरुको साझा धारणा बनाउन नसकेको भए पनि आफुलाई ब्यक्तिगत रुपमा त्यो अवधारणा गतल लागेको बताएका छन् । 'यदि प्रबिधिलाई आधार मान्ने हो भने सबैले प्रबिधिमा जोड दिए पुग्छ त्यसो हुँदा नेपाली चलचित्रमा मौलिकता हराउँछ । हाम्रा मौलिक कथाहरुमा आधारित चलचित्रको भ्यालु के त ?' पाठक प्रश्न गर्दछन् ।


यता उपाध्यक्षसँगको मन मुटाब बारे उनले आफु अनबिज्ञ रहेको बताएका छन् । बिचमा आफु बाहिर बसेर आएको उल्लेख गर्दै उनले बिदेशबाट फर्के पछि बिमलसँग कुरा गर्दा परिवतित भएको आफुले पाएको पाठकको भनाई छ । बिगत तिन वर्ष देखि बिमल सँगै काम गरेको बताउदै उनले बिमको असन्तुष्ट हुने बानि नै रहेको उल्लेख गरेका छन् । 'पछिल्लो पटक त बैठकमा पनि आउनु भएन अनि कसरी साथिहरुसँग छलफल गर्न सकिन्छ ?' पाठकको गुनासो छ । बोर्डका अध्यक्ष गणेश भण्डारीसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताउदै पाठकले प्रबिधीका आधारमा बर्गीकरण गर्ने बारे केही समय अघि सम्म भण्डारी पनि सहमत नभएको बताएका छन् । उनले नितिगत रुपमा कुरा मिलेन र समाज फुट्ने स्थितिमा आए आफुले अध्यक्ष पद त्यागेर भए पनि समाजलाई बचाउने बताएका छन् ।


यता असन्तुष्ट उपाध्यक्ष पौडेलले भने अध्यक्ष बोल्नु भनेको संस्था बोल्नु भएको बताउदै समाजमा सल्लाह नै नगरी पाठकले सञ्चार माध्यममा बर्गीकरणको बिरोध गर्नु संस्थाको हित बिपरीत भएको बताएका छन् । 'राज्यको तर्फबाट हुन लागेका राम्रा कामको बारेमा अध्ययन नगरीकन अध्यक्षले आफ्ना कुरा बाहिर ल्याउनुले अध्यक्षको गरीमामा नैतिक रुपमा प्रश्न खडा भएको छ', उपाध्यक्ष पौडेल भन्छन् समाजका अधिकांश निर्देशकहरु सहमत हुँदा अध्यक्षले किन संघको तर्फबाट आपत्ति जनाएको ?

 

यता पाठकले भने उक्त बिचार आफ्नो ब्यक्तिगत भएको बताई सकेका छन् । पछिल्लो समय बिवाद छताछुल्ल भए पछि कतै समाज फुट्ने त हैन भन्ने प्रश्नमा उनले कुनै प्रतिक्रिया नदिए पनि फुट्ने कुरा अलग भएको बताएका छन् । पौडेलले आफुहरुको बिरोध भनेको जे गर्दा पनि छलफल गरेर मात्र गर्ने गर्र्रौ भन्ने रहेको बताए पनि छलफल गर्न बैठकमा नगएको बुभिएको छ । यसरी आरेप र प्रत्यारोपमा उत्रिएर फुट्को संकेत गरीरहेको समाज अब के होला ? केही समय कुरौ ।