मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिदेश भनेपछि किन मरिहत्ते ?

फिल्मीखबर, मलेसिया, 2011/07/30

नेपालमा जस्तै प्रवासमा वस्ने नेपालीहरुको पनि  चाहना हुन्छ कहिले काहि मनोरन्जन गर्न पाईयोस त्यो  पनि नेपाली कलाकारहरुसंग । त्यहि मौका छोपेर आयोजकहरु प्रवासमा तयार हुन्छन् कलाकार ल्याउन ।

 

जुन सुकै कलाकारहरुको पनि प्रवासमा बस्ने कोहि न कोहि आफन्त  हुन्छन् । अनि सुरु हुन्छ नातागोता र चलखेल । कलाकारहरुको पनि चाहना हुन्छ विदेश पनि देख्न पाईने केहि पैसा पनि हात पर्ने । प्रवासमा वस्नेको पनि रहर हुन्छ आफुले चिनेका कलाकार ल्याउने र आफनो  कलाकारसंगको हिमचिम प्रवासमा पनि छ भनेर देखाउने । प्रवासमा कार्यक्रम गर्ने आयोजक कस्ता हुन् उनीहरुको हैसियत कुन स्तरमा छ भन्ने थाहा नपाईकन विदेश  भन्नासाथ हुर्रिएर आउने कलाकार प्रवासमा अलपत्र पर्ने गरेको पाईएको छ । अनि वदनाम हुन पछि पर्दैनन कलाकार र आयोजकहरु दुवै । 

 

धेरै जसो सांस्कृतिक कार्यक्रम हुने देशमा मलेसिया पनि पर्दछ । नेपालका अधिकाशं कलाकारहरु मलेसिया आईसकेका छन् । आयोजक चिन्न नसकेका वाहेक अन्य सवैले रकम पनि  राम्रै हात पारेका छन् भने आयोजक चिन्नन सक्नेहरुलाई यहाँ संघसंस्था र ब्यक्तिहरुले रकम उठाएर स-सम्मान नेपाल फर्काएका छन् ।  नेपालमा रहदा सम्म विदेश भने पछि हुरुक्क हुने र प्रवासमा आईसके पछि अलपत्र परे पश्चात आयोजकलाई दोष दिने कलाकारहरुको वानि नै परिसकेको छ ।

 

आफुहरुले जहिले पनि कलाकारहरुलाई सम्मान गर्ने र नेपालमै पुरै पैसा तिरेर ल्याउने गरेको मलेसियामा विगत ६ वर्ष देखि नियमित कार्यक्रम संचालन गरिरहेका जिरो माईलका प्रवन्ध निर्देशक राजेश श्रेष्ठ बताउँछन् । उनी भन्छन्, 'आयोजकहरु नचिनिकन मलेसिया आउने अनि पैसा पाइएन भनेर भन्नु त्यति राम्रो होईन ।' श्रेष्ठ थप्छन्, 'आयोजक चिन्न नसक्नु कलाकारहरुको कमजोरी हो ।' मलेसियामा एक महिना पछाडि तीनवटा ठुला कार्यक्रमहरु हुदैछन् । जसका लागि नेपालका चर्चित नायिका, लोक गायक गायिका, पप गायक, हाँस्यकलाकारहरु गरि करिब दुई दर्जन कलाकार आउदैछन् । उनीहरुले यति वेला नै सोच्नु पर्ने हुन्छ कि आफु जान लागेको कार्यक्रमका आयोजकहरु कस्ता छन् भनेर ।

 

जीरो माईलको आयोजना हुन लागेको कार्यक्रमका लागि आफुहरुले  सवै तयारी पुरा गरिसकेको र कलाकारहरुको पनि पारिश्रमिक उचित दिन कहिल्यै नहिच्याउने जिरो माईलका निर्देशक श्रेष्ठ बताउँछन् । प्रवासी मगर संघ मलेसियाले पनि कार्यक्रमको आयोजना गर्देछ । खगेन्द्र उत्सव नाम दिईएको कार्यक्रममा सहभागि हुन नौ जना कलाकारहरु मलेसिया आउँदै छन् । आफुहरुले पुरै रकम तिरी सकेको र कलाकारहरुसंग  कागजपत्र भैसकेको मगर संघ मलेसियाका अध्यक्ष सुन्दर आले बताउँछन् । उनी थप्छन्, 'हामि कसैलाई पनि धोका दिन चाहन्नौ । आज सम्म जति कार्यक्रम गरेका छौं सवैलाई  प्रयाप्त रकम दिएर पठाएका छौं ।' 

 

त्यसैगरी 'सांगितिक धमाका-२' नाम दिएर गायक सन्तोष  लामाले पनि कार्यक्रमको आयोजना गर्दैछन् । उनी भन्छन्, 'नेपालका कलाकारहरुले आयोजक चिन्न नसक्नु कलाकारहरुको कमजोरी हो ।'  आयोजकहरु चिन्न नसक्दा वारम्वार विदेश आउन मरिहत्ते गर्ने कलाकारहरुको फाईदा कतिपय आयोजकहरुले उठाएका होलान् । तर पनि मलेसियामा पुगेर राम्रै दाम र नाम कमाएका कलाकारहरुले पनि मलेसियामा अलपत्र परि  यो भनेर भन्नु त्यहि राम्रो नहोला । होईन भने  थाहा पाउदा पाउदै विदेश भनेपछि किन मरिहत्ते गर्नु पर्‍यो  र ?