मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्तिम चरणमा 'म तिम्रो भईसकें'

फिल्मीखबर, काठमाण्डौ, 2011/07/31

बिकाश आचार्य निर्देशित तेस्रो चलचित्र'म तिम्रो भईसकें' को प्राबिधिक काम अन्तिम चरणमा पुगेको छ । महाराजगञ्ज स्थित रेड स्टुडियोमा कलर करेक्सनको काम भईरहेको सो चलचित्र एक सातामा प्रदर्शनको लागि तयार हुने निर्देशक आचार्यको भनाई छ ।


वान टाइम्स सिनेमा प्रालिको व्यानरमा निर्माण भएको सो चलचित्र दशैंमा राजधानी बाहिरका हलहरूमा प्रदर्शन हुने निर्देशक आचार्य बताउँछन् । जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, बिज्ञान सापकोटा, उत्तम केसी, रामकृष्ण बजगाईं लगायतको अभिनय रहेको सो चलचित्रको गीतसंगीत निकै चर्चामा छ । फिल्मीखबर डटकमले सार्वजनिक गरेका गीतहरू अहिले एफएमहरूमा स्रोताको रोजाईको गीत बनेको कार्यक्रम सञ्चालकहरू बताउँछन् ।

 

रेड क्यामेराले छायाँकन गरिएको सो चलचित्रमा काठमाण्डौ, धरान, बिराटनगर तथा दोलखाका रमणिय स्थान देख्न सकिन्छ । निर्देशक आचार्यकै निर्माण तथा लेखन रहेको सो चलचित्रमा बसन्त सापकोटाको संगीत, शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्वन्द तथा कविराज गहतराजको नृत्यनिर्देशन रहेको छ । चलचित्रका गीतमा दिपक लिम्बु र रजिना रिमालले स्वर दिएका छन् भने गीतहरू शैलेश आचार्य र दयाराम पाण्डेले लेखेका हुन् । चलचित्रमा जम्मा तीन गीत समावेश गरिएको छ ।

 

यस युनिटले यो भन्दा अगाडी नाइ नभन्नु ल निर्माण गरेको थियो जुन व्यवसायिक रूपमा मात्र नभएर सांगितीक रूपमा पनि सफल भएको थियो । अहिले यो युनिट नाइ नभन्नु ल भन्दा पनि बढि सफल हुनेमा ढुक्क छ । किनकी निर्देशक आचार्यका अनुसार नाइ नभन्नु ल मा गरिएका गल्तिहरूलाई ध्यानमा राखेर यो चलचित्रलाई 'नाइ नभन्नु ल' भन्दा राम्रो बनाएको निर्देशकको दाबी छ । उनी भन्छन्, ' मेरो यो चलचित्र हरेक पक्षबाट सबल छ ।'