नायिकाद्वय नन्दिता केसी र युना उप्रेती अनि अभिनेता सुनिल थापाले संयुक्त रूपमा सोर्हखुट्टे स्थित 'द मिरर्स ब्युटी सैलुन एण्ड ट्रेनिङ सेन्टर' को उदघाटन गरे । महिला र पुरूष दुबैका लागि खोलिएको सो सैलुनको उदघाटन सँगै नायिकाद्वय केसी र उप्रेतीले हेयर स्पा गरे भने अभिनेता थापाले हेयर कटिङ गरे ।
सेलिब्रेटीको उपस्थितीले रमाएका सैलुनका कर्मचारीहरूले उनीहरूलाई फ्रि सेवा मात्र दिएनन् कि फोटो समेत खिच्न भ्याए । नायिका तथा अभिनेता थापालाई पहिलो पटक नजिकबाट हेर्न पाउँदा र फोटो खिच्न पाउँदा उपस्थित सबै खुसी देखिन्थे । सैलुनको उदघाटनमा चलचित्र निर्माता प्रदिप उदय तथा निर्देशक गणेश देव पाण्डेको पनि उपस्थिती रहेको थियो ।
बुटवलमा २६ बर्ष देखि पासा ब्युटि पार्लर चलाउँदै आएका शुसिल श्रेष्ठले सञ्चालन गरेको सो सैलुनमा हेयर कलर, हाईलाईट, स्ट्रेट, पम्प, आईरन, थ्रेडिङ, वाक्स लगायतका सुविधा रहेको छ भने ब्युटी सम्बन्धी तालिम समेत दिने बताईएको छ ।