मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गीत रेकर्डिङमा लोग्ने मान्छे

फिल्मीखबर, काठमाण्डौ, 2011/07/31

पुरुषहरुको चरित्रलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको चलचित्र लोग्ने मान्छेको गीत रेकर्डिङ कार्य शुरू गरिएको छ । चेतन सापकोटाको संगीतमा आईतवार बागबजार स्थित सिने जोन रेकर्डिङ स्टुडियोमा गायक दिपक लिम्बु र गायिका माण्डवी त्रिपाठीले स्वर दिए । चार वटा गीत समावेश गरिने सो चलचित्रमा स्वरूप राज आचार्य, जुनु रिजाल र इन्दिरा जोशीले पनि स्वर दिने भएका छन् ।

 

९० प्रतिशत पुरुषहरुको चरित्रमा आधारित हुने भनिएको यस चलचित्रलाई लय संगौलाले निर्देशन गर्दैछन् । देवि, चेतना, थोरै भए पुगिसरी, जीवन चक्र, क्याटमाण्डू  जस्ता थुप्रै सफल टेलिचलचित्र निर्देशन गरेका संगौलाले ठूलो पर्दाको चलचित्र भने पहिलो पटक निर्देशन गर्दैछन् । सफल टेलिचलचित्र निर्देशक बनेका संगौलाको ठूलो पर्दाको निर्देशन कला कस्तो हुने हो त्यो भने हेर्न बाँकि नै छ ।

 

कलाकार उत्तम केसीले निर्देशक लय संग्रौलासंग मिलेर निर्माण गर्न लागेको उक्त चलचित्रमा झरना थापा, सुमन सिंह, सिर्जना बस्नेत लगायतले अभिनय गर्दैछन् । बन्धु फिल्म्सको व्यानरमा निर्माण हुन लागेको चलचित्र लोग्ने मान्छेको कथा र गीत निर्देशक स्वयं कै रहेको छ ।

 

सुमन सिंह प्रमुख पात्रको रुपमा चलचित्रमा प्रस्तुत हुने जानकारी दिदै निर्माता उत्तम केसीले बिश्वका लोग्ने मान्छेको चरित्रलाई नायक सुमनले पर्दा मार्फत प्रस्तुत गर्ने जानकारी गराए । भदौकोको दोस्रो साताबाट छायाँकनमा जाने सो चलचित्रको छायाँकन काठमान्डौमा नै गरिने निर्देशक संगौला बताउँछन् ।