माया कस्तो चिज । नत हामी मायालाई छुन सक्छौ न त देख्न नै । महशुस गरेकै भरमा भावनामा बहकिएर मायाको पछि लाग्नुको विकल्प छैन । तर यहि माया बिना के तपाई बाँच्न सक्नुहुन्छ ? माया बिना कस्को जीवन पो चल्छ र ! त्यसैले होला मायालाई चलचित्रको पर्दामा उतार्नेहरुको भिड नै छ यहाँ ।
अधिकांश चलचित्रहरु लभ स्टोरीमा नै बनिरहेका छन् । अझ पछिल्लो समय त चलचित्रको नाममा नै माया शब्द राख्नेहरु धेरै नै भेटीए । र, यस्तै मायाका चलचित्र बनाउने अनि माया शब्दलाई चलचित्रको नाममा राख्ने निर्देशक मध्ये दिपक श्रेष्ठ पनि एक हुन् । संसार मायामा अडेका कारण मायाकै चलचित्र बनाउछु भन्ने श्रेष्ठले अहिले यस्तै चलचित्रको लहर आएको समेत बताएका छन् । पछिल्लो समय पुरानो हुदैन माया नामको चलचित्र निर्देशन गरीरहेका श्रेष्ठले दर्शहरुले लभ स्टोरी चलचित्रलाई बढी रुचाउने गरेको बताएका छन् । हुन त दिपकले यस अघि एक्सन प्रधान चलचित्र नबनाएका पनि हैनन् । तर पनि दिपक माया कै चलचित्रमा बढि केन्द्रित देखिन्छन् ।
हुन त नायिकाहरू सँगको प्रेमका कारण पनि चर्चामा आइराख्ने यि निर्देशकलाई मायाको जती अरुको ज्ञान नहुन पनि सक्छ । केही वर्ष अघि समम युना उप्रेतीलाई आफ्नो क्याम्पमा राखेर चर्चामा आएका दिपक पछिल्लो समय भने जिया केसीसंगको प्रेमका कारण चर्चामा आएका थिए । र पछिल्लो श्रृखलालाई हेर्ने हो भने पनि युना आउट जिया इन भन्दा फरक नपर्ने भै सकेको छ श्रेष्ठ क्याम्पमा ।
मायाका चलचित्र निर्देशन गर्दै आएका श्रेष्ठले आफुहरुले राम्रो चलचित्र बनाउन नसकेका कारण चलचित्रको स्तर उकास्न नसकेको स्विकार गरे । कथा र स्कृप्ट राम्रो भए पनि चलचित्रको प्रस्तुती निर्देशकमा भर पर्ने कुरा बुझेका दिपकले आफुहरुले नराम्रा चलचित्र बनाएको स्विकार गरेपनि आफ्ना चलचित्रलाई राम्रो भन्न चाहिं छुटाउदैनन् । आफुले अरुको भन्दा फरक काम गरेको दाबि गर्ने त उनको स्वभावै हो त्यसैले अहिले धेरै दर्शकहरुले दिपक श्रेष्ठका कुरालाई पत्याउन पनि छोडी सकेका छन् । सायद अब चाहिं दिपकले बुझेछन् क्यार दर्शकको तागत त्यसैले अहिले भन्न थालेका छन् हामीले चलचित्र राम्रो बनाएका रहेनछौं ।