मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आदिवासी चलचित्र महोत्सवमा ६ नेपाली चलचित्र प्रदर्शन

फिल्मीखबर, कतार, 2011/08/01

कतारमा पहिलोपटक आयोजित आदिवासी चलचित्र महोत्सवको अवसरमा एकै दिन ६ नेपाली आदिवासी चलचित्र प्रदर्शन भएका छन् । शुक्रबारको छुट्टीको दिन पारेर दोहा फिल्म हलमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म चलेको सो महोत्सवमा नेपाली आदिवासी जनजाति संस्कृति र जनजीवन समेटिएका 'नुमाफुङ' (लिम्बू), 'बुर्‍हान'(थारू), 'सिम्मा' (राई), 'गोवेदा' (तामाङ), 'कृपा' (गुरुङ) र 'आशे' (मगर) प्रदर्शन भएका हुन् ।

 

नेपाल प्रवासी आदिवासी जानजाति महासंघ कतारले आदिवासी फिल्म आरकाइभ (आइफा) को संयोजनमा आयोजना गरेको सो महोत्सवको उद्घाटन कतारका लागि नेपाली राजदूत डा। सूर्यनाथ मिश्रले गरेका थिए । महोत्सव उद्घाटन गर्दै मिश्रले संस्कृति कुनै पनि मुलुकको पहिचान भएकाले विदेशी भूमिमा कला संस्कृतिको संरक्षण- संवर्द्धन र सांस्कृतिक कूटनीतिमा सघाउन यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए । प्रवासमा कार्यरत नेपालीलाई महोत्सवले सांस्कृतिक रूपमा संगठित हुन नेपाली आदिवासी संस्कृति अन्तर्राष्ट्रियकरण गर्न सघाएको थारू कल्याणकारिणी सभा कतारका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।

 

आयोजकले १६ हजार रियाल (३ लाख २० हजार रुपैयाँ) खर्चेर १२ घन्टाका लागि हल बुकिङ गरेकोमा टिकट बिक्री र चलचित्र प्रायोजनबाट महोत्वसको सबै खर्च धानेको बताएको छ । महासंघले २००६ देखि सांस्कृतिक वेशभूषा र झाँकीसहित दोहामा आदिवासी दिवस मनाउँदै आएकोमा यसपालि फिल्म महोत्वस नै गरेको हो ।