मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्रेक फेल क्विजको पहिलो बिजेता रवि खड्का

फिल्मीखबर, काठमाण्डौ, 2011/08/01

फिल्मीखबर डटकमले शुरू गरेको चलचित्र ब्रेक फेलको क्विज स्तम्भको पहिलो बिजेता कोटेश्वर निवासी रवि खड्का भएका छन् । कुल आठ सय त्रिहत्तर जनाले सहभागिता जनाएको सो क्विजमा चार सय एक्काईस जनाले सहि उत्तर पठाएको र तिनै सहि उत्तर पठाउने मध्येबाट गोला प्रथा गरि खड्का बिजेता घोषित भएका हुन् ।
 

बिजेता खड्का भाद्र १५ गते हुन लागेको चलचित्र ब्रेक फेलको प्रिमियरमा सहभागी हुन पाउने छन् । गत साताबाट शुरू गरिएको सो क्विजमा पहिलो प्रश्न चलचित्र ब्रेक फेलमा कुन नायक समलिङ्गी बनेर अभिनय गरेका छन् ? भन्ने थियो । जसको सहि उत्तर रहेको थियो सुवास थापा । चलचित्र कोही मेरो डेब्यू हिरोको ब्रेक फेल दोस्रो चलचित्र हो जसमा उनी समलिङ्गीको भुमिकामा देखिंदैछन् ।

 

यसैगरी क्विजलाई निरन्तरता दिंदै दोस्रो क्विज अर्न्तगत चलचित्र ब्रेक फेलमा प्रयोग गरिएको 'पिङ्की कार' कस्को हुन्छ ? भन्ने प्रश्न राखिएको छ । जसका विकल्पहरू १. राजेश हमाल २. ऋचा घिमिरे ३. बिमलेश अधिकारी ४. निरज बराल रहेका छन् । क्विजमा बिश्वका जुनसुकै कुनामा बस्ने नेपालीहरूले सहभागिता जनाउन सक्नेछन् । उक्त क्विज प्रतियोगितामा सहि उत्तर पठाउने मध्ये एक जनालाई गोला प्रथाद्वारा पुरस्कृत गरि चलचित्र ब्रेक फेलको रेड कार्पेट प्रिमियरमा सहभागी गराईने छ ।

 

चलचित्र ब्रेक फेलमा आधारित रहेर फिल्मीखबरले ब्रेक फेल रिलिजको पूर्व सन्ध्या सम्ममा आधा दर्जन प्रश्न राख्ने छ । क्विजको अन्तिम दिन बिजेताहरू मध्ये एक जनाले ब्रेक फेलका कलाकारहरूसँग डिनर गर्न पाउने छन् ।