भारतमा भन्दा नेपालको रेड 4K क्यामरा सस्तो परेपछि बलिउडबाट क्यामराको माग भएको छ । भारत र नेपालमा एकैसाथ भित्राइएको रेड 4K क्यामरा र रेड स्टुडियो नेपालमा आकाश अधिकारीले सञ्चालन गरिरहेका छन् ।
भारतमा सुटिङ प्याकेज सहित सम्पुर्ण प्राबिधिक कामको एकहत्तर लाख भारतिय रुपैया लाग्ने भए पनि नेपालमा भने रेड 4K क्यामरा सञ्चालन गर्दा १२-१६ लाख रुपैयामा सबै काम सकिने अधिकारी बताउँछन् । आफ्ना भारतीय साथि र आफुलेसंगै रेड 4K क्यामरा ल्याएको बताउदै अधिकारीले नेपाली चलचित्रको बजार र लगानी समेतलाई हेरेर भारतमा भन्दा झण्डै ८-९ गुणा सस्तोमा चलचित्रकर्मीलाई आफुले क्यामरा उपलब्ध गराएको बताएका छन् ।
पछिल्लो समय भारतमा धेरै चलचित्रहरु रेड 4K क्यामरामा खिचिन थालेपछि आफुलाई क्यामरा भाडामा दिन बलिउडबाट माग भए पनि नेपाली चलचित्रको लागी ल्याएका कारण आफुले नदिएको आकाशले बताएका छन् । आफ्नै चलचित्र काठमाडौको सम्पुर्ण काम रेड क्यामरा र रेड स्टुडियोमा गरेर यो क्यामरा प्रति आफु अझ बिस्वस्त भएको बताउने अधिकारीले यो बिचमा चलचित्र 'म तिम्रो भैसके' र 'के म तिम्रो साथि बन्न सक्छु' रेड क्यामराले खिचेको बताए । उनका अनुसार ५५ दिनको सुटिङ्ग प्याकेज सहित प्राबिधिक कामको लागी १६ लाख ४५ दिनको सुटिङ प्याकेज सहित प्राबिधिक कामको १४ लाख र ३५ दिनको सुटिङ प्याकेज सहित प्राबिधिक कामको १२ लाख रुपैया लाग्ने गर्दछ रेड क्यामरान र रेड स्टुडियोमा ।
पछिल्लो वर्ष चलचित्रले प्रबिधिमा मात्र फड्को मार्न सफल भए पनि अन्य कुनै पनि क्षेत्रमा फड्को मार्न सकेको थिएन । यसरी नेपालमा नयाँ नयाँ प्रबिधिहरु भित्रने क्रममा भित्रिएको रेड क्यामरा र रेड स्टुडियोको चार्ज १२-१६ लाख पर्दा चलचित्रको बजेट केही बढ्न सक्ने देखिन्छ । तर यसका सञ्चालक, कलाकार, निर्देशक आकाश अधिकारी भने यो कुरा स्वीकार गर्दैनन् । उनी भन्छन्, 'कम गुणस्तरको चलचित्र बनाउनेहरुका लागी यो केही महङ्गो पर्न गए पनि गुणस्तरीय चलचित्र बनाउछु भन्नेका लागी भने सस्तो छ ।' आफुले यसअघि चलचित्र शासन बनाउदा नेगेटिभको मात्र १८ लाख परेको बताउदै उनले सिनेमा स्कोप चलचित्रकै क्वालीटि दिने रेड क्यामरा सिनेमा स्कोप भन्दा सस्तो पर्ने बताए ।
गत वर्ष रेड क्यामराले खिचिएका ७ वटा चलचित्रले ओस्कारमा अवार्ड पाउन सफल भएको बताउदै आकाशले प्राबिधिक रूपले संसारका जुनसुकै चलचित्रसंग प्रतिस्पर्धा गर्न रेड क्यामराले खिचिएका चलचित्र पछि नपर्ने जनाएका छन् । उनले आफुले नेपाली चलचित्रको गुणस्तर बृद्धि होस भनेर रेड क्यामरा नेपाल ल्याएकाले बलिउडबाट माग भए पनि नदिने जनाएका छन् । साथै उनले १२-१६ लाखमा क्यामरा सहित र प्राबिधिक कार्य सकाउदा लगानीका आधारमा आफुहरुलाई फाइदा नभए पनि तत्कालका लागी त्यसको रेड नबढाइने आकाशको भनाई छ । अझ चलचित्रकर्मीहरुको सुबिधाका लागी सामान्य ग्राफिक्स देखि २ वटा बिज्ञापन पनि रेड स्टुडियोले बनाइदिने आकाशले जनाएका छन् ।
सुरुको समय चलचित्रकर्मीहरु रेड क्यामरामा नलोभिए पनि अहिले भने क्यामराका लागी क्यू बस्नु पर्ने स्थीति रहेको आकाशले जनाएका छन् । भदौ पछि रेड क्यामराको क्यूमा धेरै चलचित्रहरु रहेका बताउदै आकाशले एउटा मात्रै क्यामरा हुदा यस्तो भएको बताएका छन् ।