मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारको क्यामरा मोह

फिल्मीखबर, काठमाण्डौ, 2011/08/03

मंगलबार एक भब्य समाहरोहका बिच चलचित्र 'के यो माया हो' को प्रिमियर गरियो । बिग सिनेमामा आयोजित प्रिमियर कार्यक्रममा चलचित्र क्षेत्रका उल्लेख्य ब्यक्तिहरुको सहभागिता रहेको थियो । साँझ ५ बजेका लागि बोलाइएको कार्यक्रम ६ बजे मात्र सुरु भएको थियो । यो बिचमा चलचित्र पत्रकार तथा चलचित्रकर्मीहरुले अनौपचारीक रुपमा निर्माण पक्षलाई शुभकामना दिएका थिए ।

प्रिमियरको अघि कार्यक्रमलाई केही औपचारिकता दिदै चलचित्रको सम्पूर्ण यूनिटको परिचय गराइएको थियो । स्टेजमा सञ्चारकर्मी नरेश भट्टराईले कलाकार र प्राबिधिकको परिचय गराउँदै जाँदा उपस्थित सबै पाहुना दर्शकहरू भने आ-आफ्नै तालमा थिए । ध्यान थियो त हातमा क्यामरा लिने सञ्चारकर्मीहरूको मात्र । सधैं चिनेका कलाकार तथा प्राबिधिकहरु नै भएका कारण त्यतिबेला उपस्थित अधिकांशको ध्यान भने कार्यक्रम तिर नभएर पपकर्न, समोसा र पेप्सी खानै देखिन्थ्यो ।


कुरा चलचित्रको युनिटकै गरौं । जब परिचयका लागी उनिहरुको नाम बोलाइन्थ्यो तव उनिहरु स्टेजमा आउँथे अनि उनीहरू बिच शुरू हुन्थ्यो अघि पछिको खेल । अर्थात् क्यामेरामा को देखिने भनेर कलाकार तथा प्राबिधिकहरू अगाडी आउन तछाड मछाड गरेक देखिन्थे । सुरुमा चलचित्रका प्रमुख ब्यक्तिहरु बोलाइयो तर केही क्षणमा नै बोलाइएका चलचित्रका अन्य ब्यक्तिहरु समेत स्टेजमा नअटेपछि क्यामराका अगाडी को देखिने भन्ने कुराले चलचित्रकर्मीहरुलाई पिरोलेको थियो । त्यसैले कहीले को पछि त कहीले को पछिको स्थितिमा देखिन्थ्ये स्टेजमा । कोही पनि पछि बस्न रुचाएका देखिदैनथे ।


चलचित्र युनिटका सदस्यहरुले क्यामरामा आउने आफ्नो धोका अघि पछि गरेरै भए पनि पुरा गरेको देखिन्थ्यो हिजो । खासगरी क्यामराको आर्कषण बनेका नायिकाद्धय अरुणिमा लम्साल र सुस्मा कार्की सुरुमा अगाडी भए पनि केही बेरमै पछाडी परेका थिए । बरु त्यसको साटो खण्ड खण्ड गरेर बोलाएको भए पनि परिचयका लागी सहज हुने थियो भन्ने टिका टिप्पणी पनि चलि नै रहे कार्यक्रममा ।

अर्को तिर चलचित्रको बारेमा बताउन को कलाकार जाने भन्नेमा पनि कलाकारहरु अग्रसर भएको देखिन्थ्यो । एउटा कलाकारलाई कुनै मिडियाले बोलाएर केही सोध्यो भने अर्को सदस्य पनि त्यतै तिर गएर आफुलाई देखाउथे । यस्तै चलचित्रका हाँस्यकलाकार किरण केसीलाई त झन् सञ्चारकर्मीको क्यामेराले भएनछ क्यारे आफ्नै मोबाईलले आफ्नै अनुहार खिच्नमा नै व्यस्त देखिन्थे । रमाइलो त के भने चलचित्रको संवादमा सेन्सर बोर्डले कैची लगाएझैं धेरै बोल्ने भनेर चिनिएका सञ्चारकर्मी नरेश भट्टराई धेरै बोल्छन् भनेर होला माईक आँफैले उनको बोलीलाई बेला बेलामा सेन्सर गरेको थियो ।