मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म्याग्दीका दुईवटै सिनेमा हल प्रबिधियुक्त

सन्तोष गौतम, म्याग्दी, 2011/08/03

पछिल्लो समयमा नेपालमा चलचित्र भवनको सङ्ख्यात्मक वृद्धिसँगै गुण स्तरमा पनि केहि मात्रामा वृद्धि हुन थालेको छ । हुनत: ३/४ बर्ष अघि सम्म नेपालमा थुप्रै हलहरू थिए तर अहिले केहि हलहरू अस्तित्वमा नै छैनन् भने केहि हलहरूको भौतिक पूर्वाधार नष्ट भएको छ र केहि सञ्चालन गर्न नसकेर बन्द भएका पनि छन् ।

 

पूराना हलहरू बन्द हुँदै गएपनि गुणस्तरको हिसाबले नयाँ हलहरूको स्थापनामा वृद्धि भने भईरहेको छ । करिब ६० वर्ष लामो चलचित्र हलको इतिहासमा नेपाली सिनेमा हलहरूले प्रविधिमा लामो फड्को मारेका छन् । अहिले काठमाण्डौ उपत्यकामा मात्र होइन बाहिरका चलचित्र हलहरू पनि विस्तारै अत्याधुनिक र डिजिटल प्रविधिमा रूपान्तरण भइरहेका छन् । यहि क्रममा म्याग्दीमा रहेका सिनेमा हलहरु पनि प्रबिधीयुक्त बनेका छन् ।


सदरमुकाम बेनीमा रहेको म्याग्दी चलचित्र मन्दिरले दुई वर्ष अघिनै डिजिटल प्रबिधिबाट चलचित्र प्रदर्शन सुरु गरेको थियो भने क्याम्पस चोकमा रहेको रुची चलचित्र मन्दिरले पनि यसै हप्तादेखि डिजिटल प्रबिधी जडान गरेको छ । डिजिटल प्रबिधि जडान भएपछि चलचित्र प्रदर्शनमा गुणस्तरीयता आउने र हेर्नेलाई पनि सुबिधा पुग्ने रुची चलचित्र हलका सञ्चालक अशोक श्रेष्ठले बताए । डिजिटल प्रबिधिसँगै हलले पूर्वाधारको पनि सुधार गरेको श्रेष्ठले बताए ।

 

चलचित्र विकास बोर्डले फिल्मको प्रविधि र हलको भौतिक सुविधा र प्राविधिक पक्षलाई मध्य नजर गर्दै आठ सदस्यीय समिति गठन गरी त्यसको कार्यान्वयन गर्ने बताए पछि अहिले हल सञ्चालकहरू आफ्नो हलको गुणस्तर सुधार्न तर्फ अग्रसर भएको देखिएको छ । यसरी नै देशभरका हलहरू परिमार्जित हुँदै जाने हो भने दर्शकहरूले पक्कै पनि चलचित्रको सहि मूल्याङ्कन गर्न सक्ने थिए ।