मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यन सुध्रिएकै हुन त ?

फिल्मीखबर, काठमाण्डौ, 2011/08/04

राम्रो काम गरेर सञ्चार माध्यममा छाउन नसके स्काण्डल मच्चाएरै भए पनि निरन्तर चर्चामा रहने नायक हुन् भुवन केसी । उनी जानेर नजानेर सधैं चर्चामा रहने गर्दछन् । यस्तै जानेर नजानेर राम्रा तथा नराम्रा कुराले चर्चामा रहने पछिल्ला नायक हुन् आर्यन सिक्देल ।  पछिल्लो केही समय बिवादका बिच गुज्रिएका आर्यन कतै भुवन केसी जस्तै चर्चाका नायक बन्ने त हैनन् ? प्रश्न गम्भिर छ ।


चलचित्र मेरो एउटा साथीबाट चर्चामा आएका आर्यनले अभिनय गरेका प्राय चलचित्र राम्रै भएका कारण उनको अभिनय चर्चा भईनै रहन्छ  तर पछिल्लो समयमा उनको अभिनय सँगै केहि नकारात्मक कुराहरूको पनि चर्चा हुन थालेको छ । उनको चर्चा बढि नायिकासँग जोडिने गरेको छ । कुरा मंगलबारको हो । आफू अभिनित चलचित्र 'के यो माया हो' को प्रिमियरमा उपस्थित भएका नायक सिक्देलले नायिका निशासँग नजिक रहेको स्पष्ट पार्न खोजे ।

 

पछिल्लो समय एक चलचित्रमा नायिका निशा अधिकारीसँग आफ्नो केमेस्ट्री नमिल्ने भन्दै निशासँग नखेल्ने बताएका आर्यनलाई आफ्नो गल्ती महशुस महशुस भएछ क्यारे । अहिले भने नायिका निशासँग आफु मिलेको देखाउन आर्यन तल्लिन देखिएका छन् । निशासँग अभिनय नगर्ने बताएका आर्यनले पछिल्लो समय भने निशासँग काम गर्न आतुर भएको संकेत गरेका छन् ।  

 

के यो माया हो' को प्रिमियरमा निशालाई देखे पछि आर्यनले क्यामरा बोलाउदै निशासँग आफ्नो तस्विर खिच्न लगाएका थिए । उनले त्यस कार्यक्रममा निशासँग आफ्नो फोटो खिच्न मात्र लगाएनन् । आफु निशासँग एकदम मिल्ने भन्दै नायिकालाई प्रश्न गर्दै भनेका थिए, 'के हामी मिलेका छैनौ त ?' नायिका निशाले आर्यनको कुरा सुनिन्, तस्विर पनि खिचिन् र मज्जाले हाँसिन् । उनको त्यो हाँसोमा के उत्तर थियो बुझ्न गार्हो भएन ।


जे होस आर्यनको पछिल्लो कदमलाई हेर्दा लाग्छ आर्यन सुध्रिन थालेका छन् । एक पछि अर्को नायिकासँग सम्बन्ध बिग्रन लागेको अवस्थामा आर्यनले अब पक्कै बिचार गरेर बोल्ने छन् ।  नायिका निशासँग मात्र हैन सबै ब्यक्तिसँग आर्यनले मजबुत सम्बन्ध कायम राखेर अगाढी बढ्न सकुन् हाम्रो शुभकामना !