मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सानो पर्दामा काम पाए ठुलो पर्दामा गर्दिन : ऋषि लामिछाने

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/08/04

सडक त्यहि हो जहाँ हरेक दिन सयौ मानिसहरु हिड्ने गर्दछन् । हेरेर, छोएर, अनुभव गरेर मात्रै पनि मान्छेहरुले मायाको शारिरिक स्पर्शको अनुभव लिन खोजेका छन् । घर भित्र हुने गरेको यौन दुराचारको बयान त गर्न सकिन्न तर त्यो भन्दा कहाली लाग्दो यो बाटो चुपचाप हेर्छ । त्यस्ता मायाहरु माथि जे भए पनि जस्तो भए पनि जती कराए पनि सुन्दैन यसले....।


पर्दामा सडक देखाइएको छ । पृष्ठ भुमिमा माथि उल्लेख गरिएका शब्दहरु गुन्जिनछन् । एकै छिनमा एउटा केटि दौडिन्छे सडकमा र त्यसलाई लखेटिरहेका हुन्छन् केही यौन पिपासु केटाहरु । एक पटक छोएर अनुभव गरेर मात्रै पनि शारिरिक स्पर्शको अनुभव गर्नका लागी । माथि उल्लेख गरिएको शब्द दृष्य हो टेलिफिल्म 'भुमिका' को । ऋषि लामिछानेको निर्देशनमा बनिरहेको उक्त फिल्मलाई भ्याइस अफ चिल्ड्रेन्ड र मिडिया हवले संयुक्त रुपमा निर्माण गरीरहेका छन् ।

 

बाल यौन शोषणका बिरुद्ध जनचेतना फैलाउने उद्धेश्यको साथ फिल्मको निर्माण गरिएको निर्देशक लामिछानेको भनाई छ ।  मनोरञ्जनका साथै समाज परिवर्तनमा केही योगदान गर्न सकियोस भन्ने सोचाईका साथ बाल यौन दुब्यवहारका कुरालाई मुख्य बिषयबस्तु बनाएको लामिछानेले बताए । रियल कथामा आधारित भनिएको यो फिल्म भित्र केही आर्दशका कुराहरु पनि समाबेश गरिएको लामिछानेको भनाई छ । 


 
चार वटा ठुलो पर्दाका चलचित्र निर्देशक गरसकेका यि निर्देशक गत वर्ष भएका बिभिन्न अवार्ड कार्यक्रम मार्फत सर्बोत्कृष्ठ निर्देशक ठहरिएका थिए भने उनले निर्देशन गरेका दुई चलचित्र रिलिजको क्रममा रहेको छन् । आफु सानो पर्दाबाट आएका कारण ठुलो पर्दामा भन्दा सानो पर्दामा गौरब गर्ने निर्देशक लामिछानेले सानो पर्दा पाए सम्म ठुलो पर्दामा काम नगर्ने बताएका छन् । आफुले आत्मसन्तुष्टिका लागी पनि सानो पर्दा छोड्न नसक्ने बताउने लामिछानेले ठुलो पर्दाको चलचित्र छोडेर सानो पर्दामा काम गरेको जनाएका छन् ।


 
यसअघि सानो पर्दाको टेली चलचित्र 'परिचय' बनाएर उनले लोकप्रियता बटुलेका थिए । सानो पर्दामा काम गर्दा धेरैले सहजै हेर्न सक्ने हुँदा आम जनतामाझ चाडै लोकप्रिय भएको उदाहरण ताजै भएर होला लामिछानेले अहिले पनि सानो पर्दाका लागी काम गरिरहेका छन् । नेपाल टेलिभिजनमा प्रसारण हुने उक्त टेलिचलचित्र प्रति हप्ता आधा घण्टा प्रसारण हुनेछ ।


लामिछानेले निर्देशकले माध्यममा भन्दा सृजनामा बिश्वास गर्नु पर्ने भन्दै आफुले कामलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । आफ्नै घरमा केही श्रृखलाको छायाँकन सकेका लामिछानेले अहिले उक्त भागको सम्पादन गरिरहेका छन् । दिनेश डिसी, सरिता लामिछाने, सरोज केसी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको उक्त टेलिचलचित्र भदौ पहिलो साताबाट दर्शकहरुले हेर्न पाउनेछन् ।