कार्तिक १० गते रिलिजको डेट पाएको नेपाली चलचित्र 'सायद' ले सो समयमा रिलिज नगर्ने भन्दै हात झिकेको छ । ग्लोबल मार्केटमा जान लागेको सायदले सो समयमा प्रचार प्रसार नपुग्ने भन्दै हात झिकेकोले कार्तिक १० गते अर्को चलचित्र 'लुट' आउने भएको छ ।
कार्तिक १० बाट हात झिकेको सायद अब माघ महिना तिर प्रदर्शन हुने चलचित्रका नायक तथा निर्माता सुनिल रावलले जानकारी गराए । राम्रो समयको मौका छोप्दै डिसिएनले आफ्नो डिस्ट्रिब्युसनको चलचित्र 'लुट' लगाउँदै छ । नरेन्द्र महर्जन र माधव वाग्लेले निर्माण गरेको सो चलचित्रको भर्खरै मात्र छायाँकन सकिएको हो । चलचित्रको डेट छिट्टै नै पाएपछि अहिले 'लुट' को धमाधम प्राबिधिक कार्य भईरहेको छ ।
नेपालको एक मात्र फिल्म कलेज ओस्कार फिल्म कलेजमा अध्ययन गरिरहेका युवानिर्देशक निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र 'लुट' बेरोजगारी युवाहरूको कथा सहित बैंक लुट्ने योजनामा आधारित छ । चलचित्रमा महेश शाक्य, सौगात मल्ल, दयाह्याङ राई, ऋचा शर्मा लगायतले अभिनय गरेका छन् । यस अघि फस्टलभ जस्तो सुपरहिट चलचित्र निर्माण गरिसकेका निर्माताद्वय वाग्ले र श्रेष्ठको यो चलचित्र पनि सफल हुने आश गरिएको छ ।