मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वमा पनि भिडे तीन चलचित्र

अर्पण ढकाल, धरान, 2011/08/06

नेपाली चलचित्र उद्योगमा एकै मितीमा दुई भन्दा बढी चलचित्र प्रदर्शनमा आउनु नौलो बिषय रहेन । हरेक साता जसो विभिन्न चलचित्रहरु एकआपसमा जुधेर प्रदर्शनमा आइरहेकै छन् तर ब्यापारिक हिसाबमा कुनैलाई सफलता मिल्न सकिरहेको छैन । साउन २० अर्थात् हिजोबाट पनि तीन चलचित्रहरु 'के यो माया हो',  'हात लाग्यो शून्य' र 'संदेश' प्रदर्शनमा आए ।
 

चलचित्र संदेश काठमाण्डौमा मात्र चलेको छ भने हात लाग्यो शून्य काठमाण्डौ बाहिरका हलमा चलिरहेको छ । यता के यो माया हो भने देशभर एकसाथ चलिरहेको छ । देशका अधिकांश स्थानहरुमा दुई चलचित्रहरु मात्र जुधेपनि पूर्वमा भने तीनवटा चलचित्र बिच भिडन्त भएको छ ।  'के यो माया हो' र 'हात लग्यो शून्य' संगै अर्को चलचित्र 'अरबपति' पनि पूर्वका हलहरूमा चलिरहेको छ । अन्य स्थानहरुमा अघिल्लो साता नै रिलिज अरबपति पूर्वमा भने १ साता ढिलो प्रदर्शनमा आएको छ ।


के यो माया हो ले अन्य दुई चलचित्रको तुलनामा केहि माथि रहेर व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । हात लग्यो शून्यको ओपनिंग सन्तोष जनक रहयो भने अरबपतिले पूर्वमा पनि खासै कमाल देखाउना सकेन । सुदर्शन थापा निर्देशित चलचित्र के यो माया हो धरानको गणेश टाकिज, दमकको दमक चलचित्र मन्दिर, बेलबारीको सारदा चलचित्र मन्दिर र बिर्तामोडको अन्नपूर्ण टाकिजमा प्रदर्शन भईरहेको छ । त्यस्तै हात लग्यो शून्यले धरानको शिव सिनेमा, झुम्काको मनकामना चलचित्र मन्दिर ,पथरीको कन्चन टाकिज र दमकको पाथिभरा हल पाएको छ । उता अरबपति भने डि.सि.एन र्सवर जडित हलहरुमा प्रदर्शन भईरहेको छ ।